२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

ललिताको हत्यारा कारबाहीको माग गर्दै कालंगा हाइड्रोपावर तोडफोड, करोडौंको क्षेति

२०७६, २० असार शुक्रबार १३:०४

सुनिल कुँवर | असार २०, काठमाडौँ  ललिताको हत्यारालाई कारबाहीको माग गर्दै बिद्यार्थीहरुले शुक्रबार कालंगा हाइड्रो पावर तोडफोड गरेका छन्  | बझाङको बुङ्गल नगरपालिकामा रहेको कालंगा हाइड्रोको पावरको मुख्य कार्यालय डौडेक र अर्को कार्यालय बिराबगरमा तोडफोड गरेको कालंगा हाइड्रोपावरका संचालक हेमन्त सिंहले जानकारी दिएका छन् | 

साझा सवाल मिडियाले  हाइड्रो पावरको कति क्षति भएको भन्ने बिषयमा प्रश्न गर्दा उनले  भने " यतिनै क्षति भएको भन्ने अबस्था नभएको भएपनि लगभग दस करोड जतिको क्षतिभएको छ, पुरै ध्वस्त भईसकेको छ, आज काठमाडौँबाट हाइड्रोका अन्य मान्छे आउदैछन्, भोलि बैठक बसेर अब के हुन्छ निर्णय गर्छौ"  |

तोडफोडमा मानवीय क्षति भने कुनै  नभएको इलाका प्रहरी कार्यालय बुंगलका इन्चार्ज जनक धामीले जानकारी दिए | उनका अनुसार हाइड्रोका गाडी, कार्यालय र अन्य भौतिक समानहरुभने पुरै क्षति भएको छ | के कति क्षति भयो भन्न सकिने स्थिति भने छैन | आन्दोलनरत् बिद्यार्थीहरुले आज बिहान बझाङको बुङ्गल नगरपालिकाको कार्यालय  घेराउ गरेका थिए  | 

बझाङको बुङ्गल नगरपालिका २  स्थित मल्ला बस्ति घर भएकि  २० बर्षिया ललीता कुमारी धामी  मंगलबार  मृत अवस्थामा भेटिएकि थिइन |  लछिबगर सडक खण्डको टाङ्का भन्ने ठाउमा सडकको छेउमै  मृत अवस्थामा भेटिए पछि स्थानीय र बिद्यार्थीहरु आक्रोसमा आएर तोडफोड गरेका हुन् | उनको बलत्कार पछि हत्या गरिएको स्थनीयले बताउदै आएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो