2026-09-04 03:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसले भन्यो : ‘कमल तामाङ्गलाई संघको अध्यक्ष बनाउने निर्णय कार्यान्वयन नगर्नु’

मनोज पराजुली । असार २०, काठमाडौं। नेपाली कांग्रेस पार्टी कार्यालयले नेपाल बैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनमा कमल तामाङ्गलाई अध्यक्ष बनाउने निर्णय हाललाई कार्यान्वयन नगर्न आदेश दिएको छ । कांग्रेस पार्टीको प्रतिनिधिको सल्लाह र परामर्शमा निर्णय गर्नेगरी भन्दै हालको निर्णय कार्यान्वयन नगर्न लिखित पत्र काटेको हो ।

घटनाक्रम के हो ?

कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले असार ५ गते संघको निर्वाचनमा कमल तामाङलाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । तर कार्यसमितिका बहुमत सदश्यको नै असहमतिमा एक पक्षीय रुपमा निर्णय भएको भन्दै व्यवसायी विच नै मतभेद रहेको थियो। सोहि निर्णयलाई लिएर पार्टी ओखलढुंगाका कार्यालय सचिव शान्तबहादुर राईले सभापति शेरबहादुर देउवालाई पत्र पठाइ प्रदेश निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार प्रदीपकुमार सुनुवारलाई हराउन कमल तामाङ र हंशराज वाग्लेले भूमिका खेलेको भन्दै दुवै जनालाई कारवाही माग गरेका थिए । 

बैदेशिक रोजगार: फोरम भित्रको विवाद छताछुल्ल, निर्वाचन जित्ने आधारमै धक्का !

तामाङ्गलाइ अध्यक्ष बनाउने निर्णय अध्यक्ष बाहेकका सबै पदाधिकारी र पार्टीले तोकेको केन्द्रिय प्रतिनिधि समेतको अनुपस्थितिमा निर्णय भएको भन्ने जिल्ला कार्यसमितिले पठाएको पत्रको जवाफ दिंदै निर्णय कार्यान्वयन नगर्न केन्द्रले आदेश दिएको हो। बहुमत सदस्यलाई लत्याएर गरिएको निर्णय कार्यान्वयन नगर्न पार्टीबाट आदेश आउनु स्वागतयोग्य भएको फोरमका वरिष्ठ उपाध्यक्ष सुजित श्रेष्ठले प्रतिक्रिया दिए ।

बैदेशिक रोजगार : कमल तामाङलाई संघको अध्यक्षमा उम्मेद्वार बनाउने फोरमको निर्णय

संघको निर्वाचन असार २७ गते गर्ने निर्णय भएको थियो तर सो निर्वाचन सार्ने चलखेल भएको भन्दै फोरमले तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गरेको थियो । सोहि निवेदनको जवाफ माग्दै प्रशासनले संघलाई ५ दिने अल्टिमेटम सहित जानकारी माग गरेको थियो । भाद्र १८ गते भित्र थप धरौटी राखिसक्नु पर्ने अवस्था भएकोले आगामी अशोज पहिलो हप्ता संघको निर्वाचन गर्ने तयारी गरिएको संघका अध्यक्ष रोहण गुरुङले बताए। ब्यबसायीहरुको दबाबका कारण संघको निर्वाचन सार्न जिल्ला प्रसासन कार्यलयमा अनुमतिको लागि असार १८ गते निवेदन दर्ता गरेको संघको अध्यक्ष रोहन गुरुङले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो