२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

युवती हत्याको घटनालाई लिएर स्थानीय आक्रोशित, जलविद्युत आयोजनाको १५ करोड बढी क्षेती

२०७६, २१ असार शनिबार ०१:४२

सम्राट सिंह | असार २१, बझाङ | सोमबार राती भएको युवती हत्याको घटनालाई लिएर आक्रोसित बुङ्गलका स्थानियले निर्माणाधिन कालंगा जलविद्युत आयोजनाको विभिन्न स्थानमा तोडफोड गरेका छन । तोडफोडबाट आयोजनामा १५ करोड बराबरको क्षती भएको आयोजना कार्यालयले जनाएको छ ।  

गत मंगलबार विहान बुङ्गल नगरपालिका २ को खोचे भगाड भन्ने ठाउँको सडक किनारामा मृत अवस्थामा फेला परेकी बुङ्गल नगरपालिका २ की ललिता धामीको हत्याको विषयलाई लिएर आन्दोलन भएको हो । डडेल्धुरा जिल्ला परशुराम नगरपालिकामा पर्ने जोगबुढाका माधब बोहराले हत्या स्विकार गरी सकेका छन । उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । बोहरा कालंगा हाइड्रोमा एक्साभेटर अपरेटरको काम गर्दै आएका थिए ।

स्थानिय महेन्द्र उच्च माध्यमिक विद्यालय र सुल्जन प्राथमिक विद्यालयका शिक्षक र विद्यार्थीहरुले शुक्रबार विहानै देखी आयोजनाका क्याम्प, गाडी तथा मेसिनहरुमा तोडफोड सुरु गरेका थिए । भिड नियन्त्रणमा लिनको लागि प्रहरीले पाँच सेल अश्रु ग्यास समेत प्रहार गरेको छ । 


नेपाल प्रहरी र ससस्त्र प्रहरीको थप बल बुङ्गल तर्फ परिचालन गरिएको भए पनि अराजक भिड नियन्त्रणमा नआएको डिएसपी सुर्यबहादुर केसीले बताए । 

उत्तेजक भिडले रनलेकमा रहेको मुख्य क्याप्प र कार्यालय,  विराबगरमा रहेको निर्माण क्याम्पमा तोडफोड गरेर कार्यालय तथा बन्दोबस्तीका सामानहरुमा क्षती पुर्याएको उनको भनाइ छ ।

‘१५ करोड बराबरको क्षती भएको प्रारम्भिक अनुमान छ’ आयोजनाका संस्थापक विरेन्द मल्लले बताए । प्रशर्दनकारीहरुले प्रहरीको मोटरसाइकलमा समेत तोडफोड गरेका छन ।  


मल्लले भने ‘तोडफोड अझै चलिरहेको छ । हाम्रा मान्छेहरु त्यहाँबाट लखेटिएका छन । कहाँ कति क्षती भएको छ भनेर विवरण संकलन गर्ने अवस्था नै छैन’ उनले हत्याको निहुँ बनाएर जलविद्युत आयोजनाको काममा अवरोध गर्न खोजेको बताए । 

स्थानिय महेन्द्र उच्च माध्यमिक विद्यालय र सुल्जन प्राथमिक विद्यालयका शिक्षकहरुले विद्यार्थीहरुलाई उचालेर आयोजनाको संरचना तथा उपकरणहरुमा तोडफोड गरेको आयोजना कार्यालयको आरोप छ । आफ्नै छोरीको मृत्यूको विषयलाई लिएर आन्दोलन भैरहेको भए पनि  मृतकका परिवारलाई यस विषयमा कुनै जानकारी नभएका ममताका बुवा कलक बहादुर धामीले बताए । उनले भने ‘प्रहरीले दोषीलाई पक्राउ गरेर कारबाहीको प्रक्रिया अगाडी बढाइसकेको छ । किन आन्दोलन गरिरहेका छन भन्ने कुरा हामीलाई नै थाहा छैन । यो विषयमा हामी सँग कसैले सरसल्लाह पनि गरेको छैन ।’


माथिको तश्वीरमा: प्रर्दशनकारीले तोडफोड गरेका कालंगा लघुजलविद्युत आयोजनाका मेसिन तथा सवारी साधनहरु । तस्विर: सम्राट सिंह । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला