२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुरामा बालगृहलाई सहयोग

२२ असार २०७६, आईतवार ०५:३०

असार २२, काठमाडौँ | जिल्लाको बुढीगङ्गा नगरपालिकाको ब्रह्मतोलामा सञ्चालित अनाथ बालगृहलाई विभिन्न निकायले आर्थिक सहयोग गरेका छन् । प्रवासमा बस्ने नेपालीदेखि शिक्षक तथा सङ्घसंस्थाले आर्थिक सहयोग गरेका हुन् । अनाथ बालबालिकाको शिक्षा, स्वास्थ्य तथा बाँच्न पाउने अधिकारको सुरक्षाका लागि कन्सन बाजुराद्वारा सञ्चालित अनाथ बालगृहलाई सहयोग गरेको अध्यक्ष बहादुर थापाले बताउनुभयो ।

अनाथका लागि निर्माण गरिएको बालगृहमै पुगेर सहयोगी दाताले आर्थिक सहयोग गरेका हुन् । सूचनाको हकका अभियन्ता शेरबहादुर सार्कीको पहलमा भारतको दिल्लीमा सङ्कलन गरेको रु २६ हजार ६०० सहयोग गरिएको छ भने दलित एकता समाज नेपाल–भारतमा आवद्ध नेपालीले सहयोगस्वरुप रकम पठाएको छ । बालगृहभित्र अधिकांश दलित समुदायकै बालबालिका रहेको खबरपछि आफूहरुले शुरुवातस्वरुप सहयोग पठाएको र यसलाई निरन्तरता दिने एकता समाजले बताएको छ ।

एकता समाजले बुढीगङ्गा नगरपालिकास्तरीय परीक्षामा तृतीय स्थान ल्याउन सफल बालगृहमै बस्ने सङ्गीता विकलाई व्यक्तिगत रु १० हजार सहयोग गरेको छ । यस्तै धुरालसैन माविमा कार्यरत शिक्षक अर्जुन थापाले पनि व्यक्तिगत रु २५ हजार सहयोग गर्नुभएको छ ।

मद्यपान, धुमपान र मदिराजन्य पदार्थबाट टाढा रहने बचनबद्धतासहित सोका लागि खर्च हुने रकम कटाएर अनाथ बालबालिकालाई सहयोग गरिएको शिक्षक थापाको भनाइ छ । बालगृहमै आएर शनिबार अध्यक्ष बहादुर थापालाई रकम बुझाएका थापाले अनाथलाई सहयोग गर्न पाउनु अवसर भएको बताउनुभयो ।

त्यस्तै बुढीगङ्गा नगरपालिकास्तरीय दलित नेटवर्कले खान तथा शैक्षिक सामग्री व्यवस्थापनका लागि भन्दै रु ४० हजार सहयोग गरेको छ । दलित नेटवर्कका महासचिव एवं बुढीगङ्गा नगर कार्यपालिका सदस्य गणेश सुनारले नगद रु ४० हजार अनाथ बालबालिकाकै लागि सहयोग गर्नुभएको छ ।

कन्सन बाजुराको बालगृहमा हाल १३ अनाथ बालबालिका बस्दै आएका छन् । कान्छो अभियन्ता केपी खनालको पहलमा निर्माण गरिएको बालगृहको निर्माण खर्च अझै तिर्न बाँकी छ । कूल लागतको रु १३ लाख बढी रकम केपी खनालले सङ्कलन गर्ने क्रम जारी रहेकाले तिर्न बाँकी रहेको अध्यक्ष थापाको भनाइ छ । थापाले नगरपालिकाले सहयोगका लागि चासो नदेखाएकामा गुनासो गर्नुभयो । बालगृह विसं २०७२ देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य