2026-07-10 12:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुरामा बालगृहलाई सहयोग

2019-07-07

असार २२, काठमाडौँ | जिल्लाको बुढीगङ्गा नगरपालिकाको ब्रह्मतोलामा सञ्चालित अनाथ बालगृहलाई विभिन्न निकायले आर्थिक सहयोग गरेका छन् । प्रवासमा बस्ने नेपालीदेखि शिक्षक तथा सङ्घसंस्थाले आर्थिक सहयोग गरेका हुन् । अनाथ बालबालिकाको शिक्षा, स्वास्थ्य तथा बाँच्न पाउने अधिकारको सुरक्षाका लागि कन्सन बाजुराद्वारा सञ्चालित अनाथ बालगृहलाई सहयोग गरेको अध्यक्ष बहादुर थापाले बताउनुभयो ।

अनाथका लागि निर्माण गरिएको बालगृहमै पुगेर सहयोगी दाताले आर्थिक सहयोग गरेका हुन् । सूचनाको हकका अभियन्ता शेरबहादुर सार्कीको पहलमा भारतको दिल्लीमा सङ्कलन गरेको रु २६ हजार ६०० सहयोग गरिएको छ भने दलित एकता समाज नेपाल–भारतमा आवद्ध नेपालीले सहयोगस्वरुप रकम पठाएको छ । बालगृहभित्र अधिकांश दलित समुदायकै बालबालिका रहेको खबरपछि आफूहरुले शुरुवातस्वरुप सहयोग पठाएको र यसलाई निरन्तरता दिने एकता समाजले बताएको छ ।

एकता समाजले बुढीगङ्गा नगरपालिकास्तरीय परीक्षामा तृतीय स्थान ल्याउन सफल बालगृहमै बस्ने सङ्गीता विकलाई व्यक्तिगत रु १० हजार सहयोग गरेको छ । यस्तै धुरालसैन माविमा कार्यरत शिक्षक अर्जुन थापाले पनि व्यक्तिगत रु २५ हजार सहयोग गर्नुभएको छ ।

मद्यपान, धुमपान र मदिराजन्य पदार्थबाट टाढा रहने बचनबद्धतासहित सोका लागि खर्च हुने रकम कटाएर अनाथ बालबालिकालाई सहयोग गरिएको शिक्षक थापाको भनाइ छ । बालगृहमै आएर शनिबार अध्यक्ष बहादुर थापालाई रकम बुझाएका थापाले अनाथलाई सहयोग गर्न पाउनु अवसर भएको बताउनुभयो ।

त्यस्तै बुढीगङ्गा नगरपालिकास्तरीय दलित नेटवर्कले खान तथा शैक्षिक सामग्री व्यवस्थापनका लागि भन्दै रु ४० हजार सहयोग गरेको छ । दलित नेटवर्कका महासचिव एवं बुढीगङ्गा नगर कार्यपालिका सदस्य गणेश सुनारले नगद रु ४० हजार अनाथ बालबालिकाकै लागि सहयोग गर्नुभएको छ ।

कन्सन बाजुराको बालगृहमा हाल १३ अनाथ बालबालिका बस्दै आएका छन् । कान्छो अभियन्ता केपी खनालको पहलमा निर्माण गरिएको बालगृहको निर्माण खर्च अझै तिर्न बाँकी छ । कूल लागतको रु १३ लाख बढी रकम केपी खनालले सङ्कलन गर्ने क्रम जारी रहेकाले तिर्न बाँकी रहेको अध्यक्ष थापाको भनाइ छ । थापाले नगरपालिकाले सहयोगका लागि चासो नदेखाएकामा गुनासो गर्नुभयो । बालगृह विसं २०७२ देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो