2026-09-04 03:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा कम्पनीले तलब र पासपोर्ट नदिंदा कामदार अबैध, अक्सफोर्ड इन्टर्नेशनल किन गैरजिम्मेवार ?

मनोज पराजुली, असार २२, काठमाडौं । बैदेशिक रोजगारीका लागि साउदी पुगेका नेपालीहरूले रोजगारदाता कम्पनीले तोकिएको तलब र पासपोर्ट नदिएका कारण अबैध रुपमा साउदी बस्नुपरेको गुनासो गरेका छन् । 

जावलाखेलमा रहेको अक्सफोर्ड इन्टर्नेशनल प्रा .लिलाई ९० हजार तिरेर साउदीको अल हबैब कम्पनीमा काम गर्न सन् २०१६ जुलाई २७ मा श्रम स्वीकृति लिएर गएको डडेलधुराका दामोदर जैशीले बताएका छन् । तर करार अवधि २ वर्ष सकिएको १ वर्ष हुन लाग्दा समेत कम्पनीले बाँकि रहेको तलब र पासपोर्ट नदिंदा अबैध बनेर बस्नुपरेको उनले गुनासो गरेका छन्। सोहि कारण नेपाल फर्कन नसकेको उनले बताए । सोहि कम्पनीमा समस्यामा पर्नेहरुमा अग्नु मुखिया, विरेन्द्र कापर, सरोज कुमार मण्डल लगायत धेरै जना साथीहरु रहेको उनले बताए। 

‘बैदेशिक रोजगार‘ एप मार्फत सम्पर्कमा आएका उनले विगत आठ महिनादेखि कम्पनीले तलब नदिएको बताएका छन्। विगतमा १८ महिना पछि एकपटक १० महिनाको तलब दिएको थियो जैशिले साउदीबाट भने ‘तलब माग्दा पर्ख पर्ख भन्दै महिनौं दिनसम्म पनि दिएको छैन, के गरौँ ?’ कम्पनीले घर पठाउँछु भनेको १ वर्ष भयो उनले भने’ न त तलब दिन्छ, यहाँ को बाट सहयोग पाउने हामीले ? के गरेर बस्ने यहाँ ? तलब छोडेर नेपाल फर्कौं भने कम्पनीले पासपोर्ट दिंदैन।’ 

अकामाको म्याद सकिएका कारण सिम कार्ड  ब्लक भएकोले हाल सम्पर्क गर्न समेत समस्या भएको उनले बताए।  कम्पनीबाट समस्यामा परेको बारे साउदीस्थित नेपाली दुतावासमा पटक पटक सम्पर्क गर्दा तलब दिलाउन नसक्ने जवाफ दिएको उनले बताए। हामी तलब दिलाउन सक्दैनौं  दुतावासको भनाई उधृत गर्दै उनले भने ‘नेपाल फर्कन्छौ भने कम्पनीबाट पासपोर्ट उपलब्ध गराइदिउला, तलब त उपलब्ध गराउन सकिंदैन ।’ 

संघकै सचिव पनि किन गैर जिम्मेवार ?

अक्सफोर्ड इन्टर्नेशनल प्रा .लिका संचालक इश्वर जिशि नेपाल बैदेशिक रोजगार व्यवसायी संघका सचिव हुन् । व्यवसायी भित्र पनि संघको प्रतिनिधित्व गर्ने उनले कामदार समस्यामा पर्दा समेत गुनासो सुन्ने प्रयत्न किन गरेनन् ? चासोको विषय बनेको छ।

हामीले म्यानपावरलाई पटक पटक जानकारी दिएका हौँ तर हाम्रो गुनासो सुन्ने प्रयास भएन जैशिले सझासबालसंग भने ‘यस अघि यहि कम्पनीमा समस्यामा परेका साथीहरु १ वर्षमै फर्किएका थिए, त्यस पछि पनि समस्या आउँदा समेत म्यानपावरले गुनासो सुनेन ।’

यस घटनाबारे म्यानपावर संचालक जिशीलाई जिज्ञासा राख्दा कम्पनीमा यस अघि समस्या आएको स्वीकार गरेका छन् । कम्पनीमा २/३ वटा कार्यक्षेत्र भएकोले १ वटा क्षेत्रमा कार्यरत श्रमिकलाई नेपाल फर्काएको उनले बताए । साथै यस अघि समस्या आएको र तलब नदिएकोले कामदार नेपाल फर्किएका उनले स्वीकार गरेका छन् ।  तलब महिनौं बिराएर दिने गरेको बारे कामदारको गुनासो यसअघि पनि आएको बताउंदै उनले अहिलेको कामदारको गुनासो बारे सम्बन्धित व्यक्तिबाट बुझेर साझासबाललाई जानकारी दिने बताए।  

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो