२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङका युवा टिमुर खेतीतर्फ

२०७६, २३ असार सोमबार १०:२६

असार २३, बागलुङ । बागलुङ नगरपालिका–१२ अमलाचौरका युवाले व्यावसायिक रूपले  टिमुर खेती गर्न थालेका छन् । बाँझो जमीनमा फैलिएको बनमारा फँडानी गरेर उनीहरूले टिमुरको बिरुवा लगाएका हुन् । 

मसलाका लागि प्रयोग हुने टिमुरको माग बजारमा उच्च रहेकाले व्यावसायिक रूपले खेती गरिएको स्थानीय युवा कृषक राजु शाहीले बताउनुभयो । पहिलो चरणमा झण्डै एक रोपनी जमीनमा टिमुरका बिरुवा लगाइएको छ । थोरै लगानी र कम मेहिनतले राम्रो आम्दानी हुने  देखेर उक्त खेती गरिएको उहाँले जानकारी दिनुभयो ।

विभिन्न पेशा व्यवसायमा रहेका पाँच युवाले समूह बनाएर अमलाचौरको ढाँडबाट बसाइ सरेर जानेहरुले छोडेको बाँझो जग्गाको सदुपयोग गर्न थालेका हुन् । “बाँझो जग्गाको सदुपयोग हुने र उत्पादन लागतसमेत कम हुने भएकाले टिमुर खेती थालेका हाँै कृषक शाहीले भन्नुभयो, “केही वर्ष मेहिनत गर्न सके टिमुरले राम्रो आम्दानी दिन्छ । अहिले लगाइएका बिरुवा हुर्किन थालेपछि आसपासमा रहेका थप जमीनमा टिमुर लगाउने योजना बनाएका छौँ ।”

समुन्द्री सतहबाट १००० देखि २५०० मिटर सम्मको उचाइमा टिमुरको खेती गर्न सकिने कृषि विज्ञहरुले बताएका र अमलाचौरको ढाँड हजार २०० मिटरभन्दा माथि रहेकाले टिमुरको उत्पादन राम्रो हुने अर्का युवा कृषक कृष्ण अँखेलीले बताउनुभयो । स्याङ्जामा उत्पादन भएका उन्नत जातको टिमुरका बिरुवा गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको हो । ‘‘हामीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बिरुवामा सघाएको छ” अँखेलीले भन्नुभयोे, “अर्को वर्ष थप जमीनमा टिमुर खेती  विस्तारका लागि आफँै बिरुवा उत्पादन गर्ने योजना बनाएका छौँ ।” 

उक्त बिरुवा लगाएको चारदेखि पाँच वर्षमा फल दिन थाल्छ । एक एक याममा  एउटै बोटमा १५ देखि २० किलो ग्रामसम्म टिमुर फाउन सकिने अँखेली बताउनुहुन्छ । एक किलोग्राम टिमुरको बजार मूल्य रू दुई हजार ३०० देखि दुई हजार ५०० सम्म रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो