२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङका युवा टिमुर खेतीतर्फ

२३ असार २०७६, सोमबार १०:२६

असार २३, बागलुङ । बागलुङ नगरपालिका–१२ अमलाचौरका युवाले व्यावसायिक रूपले  टिमुर खेती गर्न थालेका छन् । बाँझो जमीनमा फैलिएको बनमारा फँडानी गरेर उनीहरूले टिमुरको बिरुवा लगाएका हुन् । 

मसलाका लागि प्रयोग हुने टिमुरको माग बजारमा उच्च रहेकाले व्यावसायिक रूपले खेती गरिएको स्थानीय युवा कृषक राजु शाहीले बताउनुभयो । पहिलो चरणमा झण्डै एक रोपनी जमीनमा टिमुरका बिरुवा लगाइएको छ । थोरै लगानी र कम मेहिनतले राम्रो आम्दानी हुने  देखेर उक्त खेती गरिएको उहाँले जानकारी दिनुभयो ।

विभिन्न पेशा व्यवसायमा रहेका पाँच युवाले समूह बनाएर अमलाचौरको ढाँडबाट बसाइ सरेर जानेहरुले छोडेको बाँझो जग्गाको सदुपयोग गर्न थालेका हुन् । “बाँझो जग्गाको सदुपयोग हुने र उत्पादन लागतसमेत कम हुने भएकाले टिमुर खेती थालेका हाँै कृषक शाहीले भन्नुभयो, “केही वर्ष मेहिनत गर्न सके टिमुरले राम्रो आम्दानी दिन्छ । अहिले लगाइएका बिरुवा हुर्किन थालेपछि आसपासमा रहेका थप जमीनमा टिमुर लगाउने योजना बनाएका छौँ ।”

समुन्द्री सतहबाट १००० देखि २५०० मिटर सम्मको उचाइमा टिमुरको खेती गर्न सकिने कृषि विज्ञहरुले बताएका र अमलाचौरको ढाँड हजार २०० मिटरभन्दा माथि रहेकाले टिमुरको उत्पादन राम्रो हुने अर्का युवा कृषक कृष्ण अँखेलीले बताउनुभयो । स्याङ्जामा उत्पादन भएका उन्नत जातको टिमुरका बिरुवा गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको हो । ‘‘हामीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बिरुवामा सघाएको छ” अँखेलीले भन्नुभयोे, “अर्को वर्ष थप जमीनमा टिमुर खेती  विस्तारका लागि आफँै बिरुवा उत्पादन गर्ने योजना बनाएका छौँ ।” 

उक्त बिरुवा लगाएको चारदेखि पाँच वर्षमा फल दिन थाल्छ । एक एक याममा  एउटै बोटमा १५ देखि २० किलो ग्रामसम्म टिमुर फाउन सकिने अँखेली बताउनुहुन्छ । एक किलोग्राम टिमुरको बजार मूल्य रू दुई हजार ३०० देखि दुई हजार ५०० सम्म रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै