2026-09-14 10:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखरामा ढुङ्गा प्रहारबाट एक महिलाको मृत्यु

असार २३, पोखरा । पोखरा–१७ स्थित बिरौंटामा एक महिलाको टाउकोमा ढुङ्गा प्रहारबाट मृत्यु भएको छ । आठ वर्षदेखिसँगै बस्दै आएका ४५ वर्षीय वीरबहादुर सुनारले ढुङ्गा प्रहार गर्दा ४० वर्षीया गङ्गा सुनारको मृत्यु भएको कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी गराउनुभएको छ । 

शवको परीक्षणपश्चात मृत्युको थप कारण जानकारी हुने उहाँले थप्नुभयो । उनी दुवै जनाले मादकपदार्थ सेवन गरेपछि झगडा हुँदा सो घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो । हत्याको अभियोगमा सुनारलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको बताइएको छ ।

उद्यानको स्तरोन्नति गरिने

पोखरा महानगरपालिका–५ स्थित प्रस्याङ उद्यानको स्तरोन्नति गर्न योजना अघि बढाइएको छ । ‘लायन्स चिल्ड्रेन पार्क’ को नामबाट चिनिने उक्त उद्यान २०७४ सालदेखि स्थानीय सरकारको मातहतमा आएको हो । 

उद्यान सञ्चालक समितिका संयोजक एवं वडा नं ५ का सदस्य अञ्जु केसीका अनुसार उद्यान पुनःनिर्माणका लागि शिवप्रसाद पराजुलीको अध्यक्षतामा १३ सदस्यीय निर्माण समिति गठन गरिएको छ । झण्डै नौ रोपनी क्षेत्रफलमा आकर्षक फुलबारी, शिवालय, ज्येष्ठ नागरिक दिवा सेवा, बालबालिकाका लागि आकर्षक उद्यान, कलात्मक पानीको फोहोरा, अपाङ्गमैत्री शौचालयलगायत संरचना निर्माण गरिनेछ । उद्यानको विस्तृत योजना प्रतिवेदन (डीपीआर)का लागि वन तथा वातावरण मन्त्रालयले ६० तथा पोखरा महानगरपालिकाले ४० प्रतिशत रकम उपलब्ध गराउने सम्झौताअनुरुप काम अघि बढाइएको पोखरा–५ का वडाध्यक्ष धनबहादुर नेपालीले जानकारी दिनुभयो । 

उद्यानको हरियाली कार्यक्रमका लागि जिल्ला वन कार्यालयले रु ३० लाख उपलब्ध गराएको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रु १० लाख र भौतिक योजना तथा पूर्वाधार मन्त्रालयले रु तीन लाख सहयोग गरेको छ । महानगरले आगामी आवको बजेटमा रु ५० लाख विनियोजन गरेको छ । व्यवस्थित उद्यान निर्माणका लागि झण्डै रु पाँच करोड लाग्ने अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले