२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

जबर्जस्ती लिङ्ग परिवर्तन गराउनेमाथि कारवाहीको माग

२४ असार २०७६, मंगलवार १५:५८

 असार २४, काठमाडौँ । जीविकोपार्जनका लागि भारत गएका बेला मेरठ घर भएका इलियासले कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लाका सुरेन्द्रसिंह माललाई जबर्जस्ती लिङ्ग परिवर्तन गरिदिएपछि उहाँको जीवन ठूलो सङ्कटमा परेको छ ।

इलियासलाई कारवाहीको माग गर्दै आफ्ना बुबासँगै काठमाडौँ आएका पीडित सुरेन्द्रले आज पत्रकार सम्मेलन गरेर आफूलाई न्याय र बाँच्न पाउने आधारको खोजीका लागि आग्रह गर्नुभएको छ । करीब चार वर्षसम्म आफूले भारतमा कठिन जीवन बिताएको भन्दै उहाँले आफूलाई यो हालतमा पु¥याउने आरोपीलाई जतिसक्दो चाँडो कानूनी कारवाहीको दायरमा ल्याउन सरकारसँग अपिल गर्नुभयो ।

नेपालमा कक्षा १२ को पढाइ सकेर काम र पढाइको सिलसिलामा भारतको जम्बु गएका बेला भारतको मेरठ घर भएका इलियास नाम गरिएका ती व्यक्तिले आफूलाई अहिलेको हालतमा पु¥याएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई इलियासले अपहरण गरेर लामो समय थाहै नभएका विभिन्न ठाउँमा राख्ने र विभिन्न काममा लगाउने काम गरे ।” सोही अवधिमा त्यहीँको एक अस्पतालमा आफूलाई बेहोस बनाएर जबर्जस्ती आफ्नो लिङ्ग परिवर्तन गराउने काम भएको उहाँले बताउनुभयो ।

बेहोस अवस्थामा आफ्नो लिङ्ग परिवर्तन गराइसकेपछि दुई वर्षसम्म समलिङ्गीको समूहमा राखेर पैसा माग्न लगाउने, उनीहरुका काम गर्न लगाउने र कमाएको पैसा उनीहरुले लुटेर लैजाने गरेको पनि उहाँले बताउनुभयो । अहिले आफ्नो लिङ्ग काटेर फालेको र सिलाएर पिसाब गर्ने ठाँउ मात्र राखेको भन्दै आफ्नो शरीरमा प्रजननसम्बन्धी कुनै विकास नभएको उहाँले बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो