Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कञ्चनपुरमा गुडिरहेको स्कुल बसमाथि रुख खस्यो

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असार २७, कञ्चनपुर | कञ्चनपुरमा गुडिरहेको स्कुल बसमाथि रुख खसेको छ। बसमाथि रुख खस्दा बसमा सवार २ जना सामान्य घाईते भएका छन् |

जिल्लाको शुक्लाफटा नगरपालिका झलारीमा रहेको अनिरुद्र मावीको गुडीरहेको बसमाथी रुख खसेको हो।

सिमलफाटा तिर विद्यार्थी छोड्न गईरहेका वेला अकस्मात रूख वस माथि खसेको कञ्चनपुर प्रहरीले जनाएको छ |

विद्यार्थी मृत्यु प्रकरण : प्रिन्सिपलसहित पाँच जनाविरुद्ध जाहेरी

कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उहाँका अभिभावकले पाँच जनाविरुद्ध जाहेरी दर्ता गराएको छन् ।

विद्यार्थीबीच भएको झगडाका विषयलाई लिएर कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीलाई गत असार १३ गते शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप छ । घाइते विद्यार्थीको तीन दिनअघि (असार २४ गते राति) उपचारका क्रममा भारतमा मृत्यु भएपछि मृतकका अभिभावकले विद्यालयका प्रिन्सिपल र विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित पाँच जनाविरुद्ध कर्तव्य ज्यानको जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले उक्त प्रकरणमा मृतकका अभिभावकले विद्यालयका प्रिन्सिपल यशोदा जोशी, व्यवस्थापन समितिका अध्यक्ष निरञ्जनप्रसाद बोहरा र शिक्षकहरु लक्ष्मण भट्ट, दुर्गादत्त पाठक र हर्क जाग्रीविरुद्ध जाहेरी दर्ता भएको बताउनुभयो ।

प्रहरीले पाँचै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताउँदै उहाँले घटनाको धेरै कोणबाट अध्ययन भइरहेको जानकारी दिनुभयो ।