2026-09-13 05:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा उधारो मागेर औषधि वितरण

असार २९, कञ्चनपुर | कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालले विगत केही महीनायता लक्षित वर्गलाई वितरण गर्नुपर्ने औषधि उधारोमा मागेर वितरण गरिरहेको छ ।

लक्षित वर्गले प्रदान गरिने निःशुल्क औषधिको अभाव भएपछि अस्पतालले उधारोमा ल्याएर विगत तीन महीनादेखि प्रदान गर्दै आएको हो । अस्पतालभित्र रहेको सामाजिक सेवा केन्द्र इकाइमार्फत गरीब, असहाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला स्वास्थ्य स्वयंमसेविका, शहीद परिवारलगायतलाई निःशुल्क वितरण गर्नुपर्ने औषधि तीन महीनायता अभाव रहेको छ ।

“औषधि अभावका कारण केही समय लक्षित वर्गका बिरामीलाई दिन सकिएन”,महाकाली अञ्चल अस्पताल प्रशासनका सूचना अधिकृत केशवदत्त अवस्थीले भन्नुभयो,“पछि साँझाबाट उधारोमा मागेर काम चलाउने कुरो भयो ।”

औषधिमा अभाव हुँदा सामाजिक इकाइबाट प्रक्रिया पु¥याएपछि बिरामीले साझाबाट औषधि लैजानुपर्ने प्रबन्ध मिलाएको सूचना अधिकृत अवस्थीले जानकारी दिनुभयो ।

औषधि सहज रुपमा अस्पतालबाट नपाउँदा बिरामीले सास्ती खेप्नुपरेको छ । अस्पताल प्रशासनले औषधि खरीद गर्न सुदूरपश्चिम प्रदेश सरकारसंग पनि गुहार मागेको छ । तर बजेट छुट्याइएको विषय जानकारी नभएको अवस्थीले बताउनुभयो ।

सूचना अधिकृत अवस्थीले औषधिका लागि सङ्घीय सरकारबाट चालु आर्थिक वर्षमा रु तीन लाख मात्रै आएको जानकारी दिनुभयो । उहाँले गत र चालू आर्थिक वर्षमा गरी इकाइले ल्याइएको रु १५÷१६ लाख मूल्य बराबर उधारो औषधिको रकम तिर्न बाँकी रहेको बताउनुभयो ।

सामाजिक इकाइबाट दैनिक २० देखि ३० जना लक्षित वर्गका सेवाग्राही औषधिका लागि आउने गरेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले