२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

सरकार गैरजिम्मेवार भानुभक्तको जन्मघरअझै पुनःनिर्माण हुन सकेन

२०७६, २९ असार आईतवार ०९:०६

असार २९, तनहुँ | संरक्षणको अभावमा जीर्ण बन्दै गएको भानुभक्त आचार्यको जन्मघर पुनःनिर्माण नहुँदा जिल्लावासी निराश बनेका छन् । तनहुँको भानु नगरपालिका–४ शिखरकटेरीस्थित भानुगृह पुनःनिर्माण नभएकाले जिल्लावासीमा निराशा छाएको हो । 

नेपाली भाषाका धरोहर आदिकवि आचार्यले नेपाली साहित्यिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याए पनि राज्यले उहाँकोे सम्मान गर्न नसकेको स्थानीयवासी लक्ष्मी आचार्यले बताउनुभयो । भानुगृह खण्डहर बन्दै गएको र यसमा राज्यले उचित ध्यान दिन नसकेको उहाँको गुनासो थियो ।

गण्डकी वाङ्मय प्रतिष्ठानका अध्यक्ष सागर उदासले भानुको घर पुनःनिर्माण नहुँदा दुःख लागेको बताउँदै राज्यको तर्फबाट भए पनि बजेट विनियोजन गरेर तत्कालै उक्त घर निर्माण  थाल्न माग गर्नुभयो । “चुँदीरम्घालाई सरकारले उपेक्षा ग¥यो, अहिले भानु जन्मस्थल विकास समितिलाई स्थानीय सरकार मातहत राखेर सरकारले भानुको योगदानलाई बिर्सने प्रयास गरेको छ”,उहाँले भन्नुभयो ।

आदिकविका पाँचौँ पुस्ताका खनाति केदारभक्त आचार्यले भानुभक्तलाई दार्जिलिङ र सिक्किममा निकै आदर गर्ने भए पनि नेपालमा भानुको सम्मान हुन नसकेको गुनासो गर्नुभयो । “भानुगृह खण्डहर बनेको यत्तिका वर्ष बितिसक्यो तर सरकारले यसको पुनःनिर्माणमा चासो दिएन”, उहाँले भन्नुभयो, “भानुगृह पुनःनिर्माणका लागि सरकारले चासो देखाउनुपर्छ ।”उहाँका अनुसार देश तथा विदेशबाट भानुको जन्मथलो घुम्न आउने पर्यटक यहाँ आइसकेपछि उहाँको खण्डहर घर देखेर निराश हुने गरेका छन् ।

भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले पनि भानुजन्मस्थल विकास समितिलाई स्थानीय सरकार मातहत राखेर सरकारले यस थलोको उपेक्षा गरेको आरोप लगाउनुभयो । 

भानु जन्मस्थलको विकास र संरक्षणका लागि सरकारले गठन गरेको भानु जन्मस्थल विकास समिति पनि अहिले नेतृत्वविहीन छ । सङ्घीय संरचनामा उक्त विकास समिति स्थानीय तह मातहत गएपछि उक्त समिति नेतृत्वविहीन भएको समितिका पूर्वकार्यकारी निर्देशक शङ्कर रानाभाटले बताउनुभयो । नेपाली साहित्यका धरोहर, भाषिक एकताका प्रतीक तथा राष्ट्रिय विभूति  आचार्यको नाममा रहेको संरचनालाई कुनै एक स्थानीय तहको मातहत मात्र राखिँदा त्यसले राष्ट्रिय महत्व पाउन नसकेको उहाँको गुनासो थियो ।

विगतमा संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले नै भानु जन्मस्थलको विकासका लागि बजेट विनियोजन गर्ने गरेकामा चालू आर्थिक वर्षदेखि बजेट नआएकाले सबै व्यवस्थापन नगरपालिकाले नै गरेको उक्त नगरपालिकाका सूचना अधिकारी सुनिल पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्षदेखि नगरपालिकाले नै भानुको जन्मजयन्तीलगायत अन्य सबै कार्यक्रम आयोजना र व्यवस्थापन गर्दै आएको छ ।

नगरपालिकाले आगामी आर्थिक वर्षमा उक्त स्थलको विकासका लागि रु १८ लाख  विनियोजन गरेकामा सो रकमले सडक, खानेपानी, पार्क निर्माणलगायत काम गरिने उहाँले जानकारी दिनुभयो ।

चालू आर्थिक वर्षमा सांसद कृष्णकुमार श्रेष्ठको स्थानीय पूर्वाधार विकास कार्यक्रममार्फत भानुगृह शिखरकटेरीसम्म पुग्ने बाटो स्तरोन्नतिका लागि रु १० लाख उपलब्ध भएकामा उक्त बाटोमा नाला निर्माण, ग्राभेल राख्नेलगायत काम गरिएको थियो ।

पश्चिमाञ्चल विकास मञ्चले भानुगृह पुनःनिर्माणका लागि विसं २०७३ चैत २२ गते ‘भानु शिखर कटेरी’ को शिलान्यास गरेको थियो । रु ६८ लाखको लागतमा निर्माण हुने भनिएको उक्त भवनको त्यसपछि कुनै काम भएको छैन । उक्त मञ्चका संस्थापक अध्यक्ष रामकाजी कोनेले खानेपानीको अभाव, बाटोको समस्या र समन्वय अभावका कारण भानुगृहको काम अगाडि बढ्न नसकेको बताउनुभयो । स्थानीय तहले खानेपानी, बाटो र सुरक्षाको राम्रो प्रबन्ध गराए भवन निर्माण तत्कालै शुरु गर्ने योजना रहेको उहाँको भनाइ थियो । 

विसं २०५७ मा भानु चलचित्र निर्माता यादव खरेलले ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माणका लागि रु एक लाखको लागतमा उक्त घर पुनःनिर्माण गर्नुभएको थियो । जङ्गलबीचको खरको छानाको उक्त घर विसं २०६१ जेठमा आगलागी हुँदा करीब रु एक लाख २७ हजार बराबरको धनमाल क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो