८ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा भूमिबिहीन बस्ती जोखिममा

३० असार २०७६, सोमबार ०७:०२

असार ३०, कञ्चनपुर |  कञ्चनपुरको वनहरा नदी तटीय क्षेत्रमा रहेको भूमिहीन बस्ती जोखिममा परेको छ । बर्सातको पानीले वनहरा नदीमा पानी बढ्नाका साथै  पूर्वदेखि दक्षिणी क्षेत्रको जमीन  कटान  तीव्र हुन थालेकाले भूमिहीन परिवार बस्दै आएको बस्ती जोखिममा परेको हो ।श्रीकृष्ण सामुदायिक वन छेउमा एक दशक बढी समयदेखि बस्दै आएका परिवार भूक्षयका कारण जोखिममा परेकाले  सुरक्षित बासस्थानको खोजीमा लागेका छन्  ।

पुस्तौँदेखि भूमिहीन रहेका परिवारले सुरक्षित बासस्थानका लागि माग गर्दै आए पनि सुनवाइ हुन नसक्दा जोखिमसँगै तटीय क्षेत्रमा बनाइएका झोपडीमा बस्न बाध्य भएका हुन् । “हावाहुरीले झोपडीमा राखेका त्रिपाल उडाउँदा खुला आकाशमा बस्दै आएका थियौँ”,भूमिहीन बस्तीका कलावती दमाईंले भन्नुभयो, “बर्सात हुन थालेपछि जति पानी बाहिर पर्छ ।

त्यति पानी भित्र छिर्ने  भएकाले अनिदोमै रात काट्नु परेको छ । नदीले जग्गा कटान गर्न थालेपछि बस्ती नै जोखिममा परेको छ ।” “नदी बस्तीतर्फ सोझिएपछि पूरै झोपडी बग्ने डरले पालैपालो नदीको पानी हेरेर बस्नु परेको छ”, मानध्वज लुहारले भन्नुभयो, “थोरै पानीले पनि धेरै जग्गा कटान गरिसकेको छ । कुनै बेला पनि दुर्घटना हुन सक्ने भएकाले नदीको पानीको सतह बढ्न थालेपछि बस्ती छाड्नुपर्ने अवस्था छ ।”

शुक्लाफाँटा नगरपालिकासँगै सुरक्षित बासस्थानको व्यवस्था मिलाइदिन भन्दै आए पनि कसैले सुन्दैनन् । सामुदायिक वनको सुरक्षित क्षेत्रमा बस्न दिँदैनन् । यसै देशको नागरिक भए पनि विरानो भएर बस्नु परेको भूमिहीन परिवारको गुनासो छ । भूमिहीन परिवारले दुई छाक खानका लागि दिनभरि मजदुरी गरेर जीविका धान्दै आएका छन् । बाँच्नका लागि त निकै सङ्घर्ष गर्नु परेको छ । जग्गा खरीद गर्न यस जुनीमा त सक्दैनौँ माघि रावतले भन्नुभयो, “नदीकै कारण ज्यान जोगाउन नसकिने भएको छ ।”

“गर्मीमा लामखुट्टेबाट जोगिन रातभर झोपडीमा अनिदो बसेर धुवाँ गरेर बस्नुपर्ने र बर्सात भएपछि पानीबाट बालबालिका र ज्येष्ठ नागरिकलाई जोगाउन सङ्घर्ष गर्नुपर्ने र नदीले बस्तीको जग्गा कटान गर्न थालेपछि बस्ती नै छाडेर भाग्नुपर्ने अवस्था आइलागेको छ”, राधिका सुनारले भन्नुभयो । भूमिहीन बस्तीमा अधिकांश परिवार दलित समुदायका छन् ।

“संविधानमै एक पटकका लागि भूमिहीन रहेका दलित परिवारलाई जग्गा र घर दिने कुरा राखिएको सुनेका छौँ”, मानध्वजले भन्नुभयो, “नागरिकता लिएर नगरपालिका, भूमि सुधार, जिल्ला प्रशासन र मालपोत कार्यालयसम्म पुग्दासमेत जग्गा र घर पाइएको छैन । जनता आवास कार्यक्रम पनि घर–जग्गा  भएकालाई नै परेको छ ।मुक्त हलिया पुनस्र्थापनामा पनि हामीलाई पारिएको छैन । पुर्खौंदेखि हाम्रा पूर्वजहरु र हामीले पनि हलो जोतेर पहाडमा जीविका चलाउँदै आएका हौँ । हलिया मुक्तिको घोषणापछि बास, गाँसको खोजी गर्दै यहाँसम्म आइपुगेका छौँ । बस्दै आएको ठाउँमा नदीले कटान गर्न थालेपछि अर्को कुन ठाउँमा गएर बस्ने भन्ने आफूहरूलाई पिरलो छ ।

भारतमा कमाउन गएका बस्तीका अधिकांश युवा पनि फर्केर आएका छैनन् । बस्ने ठेगान नहँुदा र जीविका चलाउने साधन नहँुदा युवाहरु भारतमै बस्दै आएका उहाँको भनाइ थियो ।  उक्त बस्तीमा १२ परिवारको बसोबास छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जरिवाना तोकेपछि एमाले महासचिवले भने– मेयरको प्राथमिकता सरसफाइ नभएर स्टण्टबाजी हो जिल्ला प्रशासन महोत्तरीका नासु घुससहित पक्राउ आज काठमाडौँको यी स्थानमा ७ घण्टा विद्युत् अवरूद्ध हुने दरबारमार्गमा फोहोर गरेपछि एमालेलाई महानगरले तिरायो एक लाख जरिवाना एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर आजको मौसम :यी ४ प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना दैलेखमा यात्रुवाहक बस दुर्घटना यी हुन् मन्त्रिपरिषद्का निर्णय मंसिर ९ देखि धरहरा सःशुल्क सञ्‍चालनमा आउने ‘१८ महिनापछि देउवा प्रधानमन्त्री, ०८४ सम्म यही समीकरण टिक्छ’ महाकाली सन्धिको नाममा पार्टीलाइ विभाजित गर्ने प्रयास भइरहेको छ: शंकर पोखरेल काठमाडौं सहित देशका विभिन्न स्थानमा ३ जना मृत भेटिए जनमतकी सांसद सापकोटालाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय जागरण सभामा ओलीले भने- अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो भन्दिए भो त दुर्गा प्रसाईंले सर्वोच्चमा दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट, आइतबार सुनुवाइ राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता एमालेलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल स्वास्थ्य सेवा ऐन ल्याउने मन्त्री पौडेलको तयारी एमाले नेताको गुनासो : प्रधानमन्त्री ओ‌लीविरूद्ध भ्रम फैल्याइयो