2026-09-13 05:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको रडुवा खोलाको पुल निर्माणमा पाँच वर्षसम्मआधामात्रै काम

असार ३०, डडेल्धुरा |  डडेल्धुराको रडुवा खोला र सकायल खोलामा निर्माण भइरहेका पक्की मोटरेबल पुल निर्माण गर्ने सम्झौताअनुसारको मिति सकिएको वर्षौं भइसक्दासम्म पनि पुल निर्माण हुन सकेको छैन ।  

पुल निर्माण नहुँदा स्थानीय बासिन्दालाई बर्सातको समयमा जोखिम मोलेर खोला तर्न बाध्य हुने गरेको नवदुर्गा गाउँपालिका–२ का स्थानीयवासी रामचन्द्र अवस्थीले बताउनुभयो । 

अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिका जोड्ने रडुवा खोलामा निर्माणाधीन अवस्थामा रहेको रडुवा खोला पक्की मोटरेबल पुल २०७३ सालमा निर्माण सम्पन्न गर्ने गरी जागृति निर्माण सेवा बझाङले २०७१ सालमा जिम्मेवारी पाएको  हो ।

 सम्झौता भएको पाँच वर्ष हुँदासम्म पुल निर्माणको जम्मा ५५ प्रतिशत मात्रै काम सम्पन्न भएको बताइएको छ । यसैगरी  डडेल्धुराकै सकायल खोलामा निर्माण भइरहेको डाँडावन पक्की मोटरेबल पुलको पनि निर्धारित समयावधि सकिएको दुई वर्ष बितिसक्दा पुल निर्माण कार्य करीब ४० प्रतिशत मात्रै सम्पन्न भएको छ । दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी राजेन्द्र चाँदनी जेभी डडेल्धुराले २०७२ सालमा सम्झौता गरेको थियो ।

गन्यपाधुरा गाउँपालिका र नवदुर्गा गाउँपालिकालाई जोड्ने गरी निर्माण भइरहेको डाँडावन पुलको दुवैतर्फका अपूरा पिलर मात्रै निर्माण भएका छन् । यी दुवै पुलको निर्माण समयमै सम्पन्न नहुँदा नवदुर्गा गाउँपालिका–२, ३ र ४ का स्थानीय बासिन्दालाई बर्सातको समयमा जिल्ला सदरमुकामदेखि अन्य भागमा आवतजावतका लागि समस्या हुने गरेको स्थानीयवासी दीपक अवस्थीको भनाइ छ ।

यी दुवै पुलको निर्माण गर्ने जिम्मेवारी पाएका निर्माण व्यवसायीलाई पटकपटक पत्राचार गरेको भए पनि अटेर गरी काममा ढिलाइ गरेको डिभिजन सडक कार्यालय कुलपाते डोटीका निमित्त प्रमुख वलीराज मल्लले बताउनुभयो ।

निर्माण व्यवसायीले पुल निर्माणको कामलाई अलपत्र अवस्थामा छोड्दा स्थानीयवासी बर्सातको समयमा जोखिम मोलेर खोला तर्न बाध्य हुने गरेका छन् भने यातायात सञ्चालनमा समस्या हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले