२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालबालिकाको खानामा चिनीको मात्रा धेरै : डब्लुएचओ

२०७६, ३० असार सोमबार १६:५०

 असार ३०, कोपेनहेगेन  (रासस/एएफपी) ।  बालबालिकाका लागि व्यवसायीकरूपमा तयार पारिएका खाद्य पदार्थमा चिनीको मात्रा अत्यधिक रहेको पाइएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । 

खाद्य पदार्थमा समावेश गरिएका चिजहरुको सूची पनि अलमल पार्ने खालको रहेको पनि डब्लुएचओको प्रतिवेदनमा उल्लेख छ । 

सङ्गठनले खाद्य पदार्थ राखिएका झण्डै पाँच सय ठाँउका आठ हजार उत्पादनको परीक्षण गरेको अधिकारीहरुले जनाएका छन् । 

उनीहरूका अनुसार संगठनले अष्ट्रिया, बुल्गेरिया, इजरायल र हङ्गेरीमा सन् २०१७ को नोभेम्बरदेखि सन् २०१८ को जनवरीसम्म अध्ययन गरेको थियो ।

“परीक्षण गरिएका मध्ये आधा भन्दा बढीमा ३० प्रतिशत भन्दा बढी क्यालोरी रहेको पाइएको छ,” डब्लुएचओको युरोपेली शाखाले उल्लेख गरेको छ ।

फलफूल तथा तरकारीमा भएको प्राकृतिक गुलियो पदार्थलाई भने बालबालिकाहरूका लागि सन्तुलित आहारकै रूपमा लिनुपर्ने प्रतिवेदनमा जनाइएको छ ।  

“तर अति धेरै गुलियो पदार्थ व्यवसायीक खाद्य पदार्थहरुमा पाइएकाले त्यसप्रति चासो बढेको हो,” एक अधिकारीले भने । 

अत्यधिक गुलियो पदार्थको सेवनले बालबालिकाको अत्यधिक तौल र दाँतसम्वन्धी समस्या उत्पन्न गराउने खतरा रहने विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । 

“राम्रो पौष्टिक तत्वका लागि जोड गर्नु पर्दछ, बालबालिकाको वृद्धि र विकासका लागि यो अत्यावश्यक पनि छ, यसलाई स्वास्थ्यको दृष्टिबाट ख्याल गर्नुपर्दछ,” डब्लुएचओका युरोपेली क्षेत्रीय निर्देशक जिसजसन्ना याकवले वक्तव्यमा लेख्नुभएको छ ।

डब्लुएचओले आमाको दुधको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता देखेको छ । छ महिनादेखि दुई बर्षसम्मका बालबालिकालाई घरमै बनेका खानेकुरा खुवाउन पनि डब्लुएचओले सुझाव दिएको छ ।  

डब्लुएचओको वक्तव्यमा बालबालिकाका लागि उत्पादन गरिएका खाद्य पदार्थमा चिनी तथा गुलियो पदार्थको अनावश्यक तथा थप प्रयोगमा प्रतिबन्ध नै लगाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय