२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीको सर्पदंश उपचार केन्द्रमा साधन जुट्दै

२०७६, ३१ असार मंगलवार ०४:४८

गोपालप्रसाद बराल, असार ३१, बर्दिवास । झमझम पानी परिरहेबीच सर्पको बिगबिगी बढिरहेकै बेला महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा उपचार उपकरण जुटेका छन् । केन्द्रको उपचारकार्यमा आवश्यक पर्ने थप उपकरण सहयोगी संस्थाले जुटाएका हुन् । 

केन्द्रलाई भर्खरै बर्दिवासस्थित लक्ष्मी बैंक शाखाले एक थान इलेक्ट्रिक अक्सिजन, आइसीयू साइडबेड मनिटर र आइसीयू बेडसहित रु तीन लाख मूल्य बराबरको उपकरण प्रदान गरेको छ । बैंकको सामाजिक कोषअन्तर्गत यी उपकरण उपलब्ध गराइएको बैंकका प्रदेश–२ का मुख्य प्रबन्धक उज्ज्वल घिमिरेले जानकारी दिनुभयो । यी उपकरणको उपलब्धताले गम्भीर प्रकृतिका सर्पदंशका बिरामीको उपचार अब सहज हुने भएको छ । यी उपकरणकै अभावमा बिरामी अन्यत्र पठाउनुपर्ने अवस्था अब घट्ने केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले बताउनुभयो । 

यसअघि गत वर्ष असारमै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले संयुक्त राष्ट्रसङ्घीय विकास कोष (युएनडिपी) को सहयोगमा दैनिक सात दशमलव दुई (७.२) युनिट विद्युत् उत्पादन हुने सौर्य ऊर्जा जडान गरिदिएको थियो । सौर्य ऊर्जाले प्रकाश र अत्यावश्यक औषधि भण्डारण सहज भएको केन्द्रले जनाएको छ । त्यतिखेरै सौर्य ऊर्जा सञ्चय र प्रवाह गर्न १४ दशमलव ४ केडब्लुएचआर क्षमताका १२ भोल्टका १५० एम्पियरका आठ ब्याट्री पनि जडान गरिएका थिए । केन्द्रमा जडित सौर्य ऊर्जामा पाँच केभीए क्षमताको इन्भर्टरले दुई हजार भोल्ट विद्युत् प्रवाह गर्ने अध्यक्ष देवकोटाले बताउनुभयो ।

चट्याङप्रतिरोधी प्रविधिजडित सौर्य ऊर्जा सञ्चय गर्न आठ अत्याधुनिक प्यानल जडान गरिएका छन् । बिरामीको उपचारमा प्रयोग गरिने सक्सेन एपार्टससमेत जडान भएपछि गम्भीर प्रकृतिका सर्पदंशका बिरामीको उपचारमा निकै सहयोग पुग्दै आएको केन्द्रले जनाएको छ ।

अहिले लक्ष्मी बैंकले अत्यावश्यक उपचार उपकरण सहयोग गरेपछि साधन थपिँदै गएर उपचार प्रभावकारी र सहज बनेको अध्यक्ष देवकोटाको भनाइ छ । सौर्य ऊर्जा प्रयोगमा आएपछि औषधि भण्डारण गरिने फ्रिज, पङ्खा र प्रकाशको व्यवस्थापनका लागि निकै सहज भएको र विद्युत्भार कटौती भएको केन्द्रले जनाएको छ ।

यसअघि उपचार केन्द्रमा नियमित प्रकाश र  भेन्टिलेटर सुविधा एवं थप उपचार उपकरणसहितको सघन उपचारकक्षको आवश्यकता औँल्याइँदै आइएको थियो । अब अक्सिजन दिनपर्ने बिरामीले यही उपचार पाउने भएका छन् । आइसीयू साइडबेड मनिटर र आइसीयू बेडसहितका उपकरणले उपचार प्रभावकारी हुने केन्द्रले जनाएको छ । अब थप  संशाधनका लागि सरकारको ध्यानाकर्षण गराइएको केन्द्रका अध्यक्ष देवकोटाले बताउनुभएको छ ।

विसं २०७१ साउन ३१ गते स्थापना भएर सञ्चालन हुँदै आएको उपचार केन्द्रमा हालसम्म करीब तीन हजारले उपचार सेवा लिइसकेका छन् । जिल्लाका बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्र सर्पदंशका घटना धेरै हुने ठाउँ हुन् । यस भेगमा अत्यन्त विषालु गोमन र करेत सर्पको बिगबिगी रहँदै आएको छ । खासगरी चर्को गर्मीपछि पानी पर्दा सर्प बस्ने दुलामा पानी भरिनासाथ बर्दिवास क्षेत्रमा सर्पको बिगबिगी देखिने गरेको छ ।

 सामाजिक पहलकदमीमा स्थापित र सञ्चालित केन्द्रमा नेपाली सेनाले उपचारमा संलग्न हुने छ दक्ष प्राविधिक उपलब्ध गराउँदै आएको छ । केन्द्रमा हालसम्म ३१ सर्पदंशका बिरामीलाई मात्र थप उपचारका लागि अन्यत्र सिफारिस गरिएबाहेक सबै उपचार पाएर घर फर्केका अध्यक्ष देवकोटाले जानकारी दिनुभएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ