२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरा अस्पतालको सेवा पुनः सञ्चालन

३१ असार २०७६, मंगलवार १०:५५

असार ३१, डडेल्धुरा | केही दिनदेखि आकस्मिकबाहेकका सबै सेवा ठप्प रहेको डडेल्धुरा अस्पताल आजदेखि पुनः सञ्चालनमा आएको छ । काममा खटिएका चिकित्सकमाथि आक्रमण भएको विषयलाई लिएर अस्पतालका चिकित्सकले यही असार २५ गते बुधबारदेखि डडेल्धुरा अस्पतालको आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका थिए ।

 बहिरङ्गलगायत सबै सेवा बन्द गरी सुरक्षाको माग गर्दै ११ जना चिकित्सकले मुख्यमन्त्री त्रिलोचन भट्ट र सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई भेट गर्नुभएको थियो । मुख्यमन्त्री भट्ट र सामाजिक विकासमन्त्री सुवेदीबाट चिकित्सकको सुरक्षा र दोषीलाई कारवाही गरिने आश्वासन पाएपछि आन्दोलनमा रहेका चिकित्सक आजदेखि नियमित काममा फर्किएको डा जीवन खरेलले बताउनुभयो ।

 दोषीलाई कारवाही हुने र चिकित्सकमाथि आक्रमण गर्नेमध्ये एकजनालाई प्रहरीले नियन्त्रणमा लिएपछि चिकित्सक पुनः नियमित सेवामा फर्किएका अस्पतालका निमित्त प्रमुख डा जीतेन्द्र कँडेलले बताउनुभयो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ