२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गत आर्थिक वर्ष कुन म्यानपावरले कति कामदार पठाए ? (१०८१ म्यानपावरको सूची सहित)

१ श्रावण २०७६, बुधबार ०३:५६

अनिल अधिकारी | साउन १, काठमाडौँ | गत आर्थिक बर्ष म्यानपावरहरुका लागि निकै सकसपूर्ण बर्ष बन्यो । मलेसिया बन्द भएका कारण कतिपय म्यानपावर व्यवसायीहरु बेरोजगार जस्तै बने भने कतिपय म्यानपावरहरु बन्द गर्ने स्थातीमा पुगे । बिभिन्न समस्याको बाबजुद पनि गत बर्षमा नेपालका १०८१ वटा म्यानपावर कम्पनीले २ लाख ८ हजार ३५२ जना कामदारको अन्तिम श्रम स्वीकृति लिएका छन् । जसमा महिलाको शंख्या १७ हजार ३५२ जना रहेका छन् । 

गत आर्थिक बर्षमा १०० भन्दा बढी कामदार पठाउने म्यानपावरको सूचीमा ५१८ म्यानपावरको नाम रहेका छन् ।  त्यस्तै १००० भन्दा बढी कामदार पठाउने २७ वटा मात्र म्यानपावर रहेका छन् । जसमा सबैभन्दा बढी बैदेशिक रोजगारीमा कामदार पठाउन सफल म्यानपावरको सूचीमा सबैभन्दा माथिल्लो स्थानमा द रिभर ओभरसीस रहेको छ । उसले गत आर्थिक बर्षमा ४४२७ पुरुष र ८३१ महिला गरि कुल ५२५८ जना नेपाली कामदारलाई बैदेशिक रोजगारीमा पठाउन अन्तिम श्रम स्वीकृति लिएको छ । अघिल्लो आर्थिक बर्ष २०७४/७५ मा यो म्यानपावरनै पहिलो नम्बरमा थियो । उसले त्यो आर्थिक बर्षमा कुल ५८०४ कामदारको अन्तिम श्रम स्वीकृति लिएको थियो । 


त्यस्तै दोश्रो नम्बरमा एसओएस म्यानपावरको नाम छ, उसले गत आर्थिक बर्ष २०७५/७६ मा ४१७१ पुरुष र ११० जना महिला गरि कुल ४२८१ जना कामदारलाई बैदेशिक रोजगारीमा पठाउन अन्तिम श्रम स्वीकृति लिएको छ । आर्थी बर्ष २०७४/७५ मा यो म्यानपावरले कुल ५४७२ कामदार पठाउन अन्तिम स्वीकृति लिएको थियो । 

त्यस्तै प्याराडाइज इन्टरनेशनल तेश्रो नम्बरमा पर्न सफल भएको छ । उसले २७०७ पुरुष र ६२० महिला कामदारलाई बैदेशिक रोजगारीमा पठाउनको लागि अन्तिम श्रम स्वीकृति लिएको देखिएको छ । 

त्यस्तै भिजन एण्ड भ्यालु ओभरसीस सर्वाधिक कामदार पठाउने म्यानपावरहरुको सूचिको चौथो नम्बरमा परेको छ  । उसले गत आर्थिक बर्ष २०७५/७६ मा २३६० जना कामदारलाई बैदेशिक रोजगारीमा पठाउनको लागि अन्तिम श्रम स्वीकृति लिएको छ । भिजन एण्ड भ्यालु ओभरसीसले १८७७ पुरुष र ४८३ महिला कामदारको अन्तिम श्रम स्वीकृति लिएको छ । 

त्यस्तै अन्जली ओभरसीस सर्भिस पाँचौं नम्बरमा पर्न सफल भएको छ । अन्जलीले गत आर्थिक बर्ष २०७५/७६ मा मात्र २११९ जनाको अन्तिम श्रमस्वीकृति लिएको छ जसमा महिलाको शंख्या ५३ जना छन् भने बाँकी पुरुष रहेका छन् ।  

त्यसपछि सर्वाधिक कामदार पठाउने मुख्य २० म्यानपावरको सूचीमा क्रमश सान नेपाल , नौकिरी नेपाल रिक्रुटमेन्ट सर्भिस, साउण्डलाइन रिक्रुटमेन्ट, अक्सफोर्ड इन्टरनेशनल, स्वीफ्ट गोर्खा इन्टरनेशनल, अल स्किल इन्टरनेशनल ह्युमन रिसोर्स, कोशी इन्टर्नेशनल सर्भिस, अल-आशमाक्स कम्पनी, प्रुडेनसियल ओभरसिज, ट्यालेन्ट ओभरसीस सर्भिस, शिखर इन्टरनेशनल म्यानपावर सर्भिस, वाहा म्यानपावर सप्लायर्स, देवान कन्सलट्यान्स, भ्रिन्दित सर्भिस (इगल हन्टर इन्टरनेशनल) र लिंक इन्टरनेशनल प्लेसमेन्ट (नाइल ओभरसीस) रहेका छन् । यी बाहेक बाँकी ७ म्यानपावरले मात्र गत आर्थिक बर्षमा १००० भन्दा बढी कामदार पठाउन सफल भएका छन् । जसमा २१ औं नम्बरबाट क्रमश लाइफलाइन ओभरसीस, अन्जुलिमा इन्टरनेशनल, दुबई ओभरसीस इन्टर नेशनल, जब सिकर म्यानपावर, नेपाल एचआर सोलुसन, सुफी इन्टरनेसनल सर्भिस र सत्यम इन्टरनेसनल सर्भिस रहेका छन् । माथिका बाहेक अन्य १०५४ म्यानपावरले १००० भन्दा कम कामदार पठाउनेको सूचीमा रहेको साझा सबाल मिडियाले जानकारी पाएको छ । 

बैदेशिक रोजगार बिभागले हरेक आर्थिक बर्ष साउन १ गतेदेखि असार मसान्तसम्म बैदेशिक रोजगारमा जान अन्तिम श्रम स्वीकृति लिनेहरुको सूची सार्वजनिक गर्ने गरेको छ । गत आर्थिक बर्ष मलेसिया जाने कामदार ह्वात्तै घटेको कारण मलेसियालाई आधार बनाएर बैदेशिक रोजगारीमा पठाउन सक्रिय म्यानपावर कम्पनीहरु भने निकै पछाडी परेका छन् । 

सबैभन्दा बढी महिला कामदार पठाउने म्यानपावर कुन कुन ?  

आर्थिक बर्ष २०७५/७६ मा सबैभन्दा बढी महिला कामदार पठाउने म्यानपावरको टप-५ को सूचीमा क्रमश: रिभर ओभरसीस (८३१ जना), एससीसी म्यानपावर (७२२ जना),  प्याराडाइज इन्टरनेशनल (६२० जना), भ्रिन्दित सर्भिस (इगल हन्टर इन्टरनेशनल) ५०२ जना र भिजन एण्ड भ्यालु ओभरसिस (४८३ जना) रहेका छन् । 

गत बर्षको तथ्यांक हेर्ने हो भने सबैभन्दा बढी महिला कामदार पठाउने म्यानपावरको सूचीमा पहिलो नम्बरमा राजधानीको कमलपोखरीस्थित एससीसी म्यानपावर (११८८ जना) रहेको थियो । त्यस्तै दोश्रो नम्बरमा कोशी इन्टरनेशनल (८१४ जना) रहेको थियो । यो बर्ष कोशीले २१३ जना महिलाको मात्र अन्तिम श्रम स्वीकृति लिएको देखिन्छ । 

बैदेशिक रोजगार बिभागले सार्वजनिक गरे अनुसार गत आर्थिक बर्ष २०७५/७६ मा कुन म्यानपावरले कति कामदार पठाए ? क्रम अनुसार ५०/५० म्यानपावरको सूची तल क्लिक गरि हेर्न सक्नुहुनेछ: 

TOP-50 Manpower List हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् >> http://sajhajobs.com/news/223

TOP-51 to 200 Manpower List हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् >> http://sajhajobs.com/news/224

TOP-201 to 500 Manpower List हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् >> http://sajhajobs.com/news/225

TOP-501 to 1081 Manpower List हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् >> http://sajhajobs.com/news/226

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य