२०८२, १८ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

युवालाई स्वरोजगार बनाउन बिनाधितो ऋण

२०७६, १ श्रावण बुधबार ०५:२१

साउन १, पाल्पा  | तानसेन नगरपालिकाले युवालाई स्वरोजगार बनाउन बिनाधितो ऋण प्रदान गर्न थालेको छ । नगरपालिकाले वडा नं. ८ का श्रवणकुमार लम्साललाई पाँच लाखको सहुलियत कर्जा प्रदान गर्न ‘अफर लेटर’ प्रदान गरेको हो । लम्सालले नेपाल बैंकबाट रु पाँच नगद पाउनेछन् ।

 नगरपालिकाप्रमुख अशोककुमार शाही र नेपाल बैंक पाल्पाका प्रबन्धक सुरज घिमिरेले संयुक्त हस्ताक्षर गरिएको ‘अफर लेटर’ पाएपछि किसानले सहुलियत ब्याजदरमा कर्जा पाउन थालेका हुन् । नगरपालिकाप्रमुख शाहीले युवा स्वरोजगार कार्यक्रममा पहिलोपटक कर्जा पाउने ऋणीलाई ऋणको सही सदुपयोग हुने गरी काम गर्न अनुरोध गर्नुभयो । नेपाल बैंक पाल्पाका प्रबन्धक घिमिरेले नगरपालिकाको युवा स्वरोजगार कार्यक्रममा ऋणका लागि कुनै सेवा शुल्क नलाग्ने बताउनुभयो । 

नियमित सावाँब्याज भुक्तानी गर्नेलाई तीन–तीन महीनामा ब्याजको तीन प्रतिशत फिर्ता गर्ने व्यवस्था रहेको घिमिरेको भनाइ छ । पाल्पा व्यापार सङ्घका अध्यक्ष चिरञ्जीवी पोखरेलले ऋणीहरूलाई उदाहरणीय काम गरेर देखाउन आग्रह गर्नुभयो । ग्रामीण आर्थिक विकास सङ्घ रेडाका कार्यकारी निर्देशक लीला कार्कीले नगरपालिका र नेपाल बैंकको सहकार्यमा सञ्चालित युवा स्वरोजगार कार्यक्रमले युवालाई स्वरोजगार बनाउन सहयोग पुग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा