७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपुरमा सर्पको डसाइबाट एकको मृत्यु

३ श्रावण २०७६, शुक्रबार ०७:५७

साउन ३, नवलपरासी  | नवलपरासी पूर्व नवलपुरमा सर्पको डसाइबाट एक जनाको मृत्यु भएको छ । आज बिहान कावासोती नगरपालिका–१७, निवासी ६८ वर्षीय बुद्धिबहादुर थापाको सर्पको डसाइबाट मृत्यु भएको हो । सर्पले डसेको थाहा नपाउँदा विषको असर शरीरमा देखिएपछि मात्र थापालाई उपचारका लागि अस्पताल ल्याइएको थियो । 

उपचारका लागि कालीगण्डकी अस्पताल कावासोतीमा ल्याइएकामा चिकित्सिकले मृत घोषणा गरेका थिए । थापालाई बिहान साढे ५ बजेको समयमा घरमा सर्पले डसेको हुनसक्ने परिवारले जनाएको छ । त्यसको एक घण्टापछि विषको असर देखिएपछि मात्र सर्पले डसेको आशङ्का गरी अस्पताल ल्याइएको  थियो । 

गर्मी मौसम र अहिले पानी परेका कारण जमीनमुनि लुकेर बसेका सर्पहरु बाहिर आउने हुँदा विशेष सावधानी अपनाउनुपर्ने कालीगण्डकी अस्पतालका सर्पदंश चिकित्सिक डा छविलाल थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दैलेखमा यात्रुवाहक बस दुर्घटना यी हुन् मन्त्रिपरिषद्का निर्णय मंसिर ९ देखि धरहरा सःशुल्क सञ्‍चालनमा आउने ‘१८ महिनापछि देउवा प्रधानमन्त्री, ०८४ सम्म यही समीकरण टिक्छ’ महाकाली सन्धिको नाममा पार्टीलाइ विभाजित गर्ने प्रयास भइरहेको छ: शंकर पोखरेल काठमाडौं सहित देशका विभिन्न स्थानमा ३ जना मृत भेटिए जनमतकी सांसद सापकोटालाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय जागरण सभामा ओलीले भने- अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो भन्दिए भो त दुर्गा प्रसाईंले सर्वोच्चमा दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट, आइतबार सुनुवाइ राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता एमालेलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल स्वास्थ्य सेवा ऐन ल्याउने मन्त्री पौडेलको तयारी एमाले नेताको गुनासो : प्रधानमन्त्री ओ‌लीविरूद्ध भ्रम फैल्याइयो कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समूहको प्रदर्शन पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु सुदूरपश्चिम रोयल्सको आइकनिक खेलाडीमा वसन्त खत्री एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा माओवादीका दुई नेताले कम्बोडिया भ्रमण रद्द एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ आईपीएल १४ मार्चदेखि सुरु हुने