२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियाका तीन इन्जिनियर १५ लाख घुससहित समातिए

४ श्रावण २०७६, शनिबार १५:००

साउन ४, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १५ लाख घुस लिएको अभियोगमा कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इञ्जिनीयरलाई पक्राउ गरेको छ । 

बर्दियाको गेरुवा गाउँपालिकाबाट उनीहरुलाई घुसहित आज पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले पुष्टि गर्नुभयो । उहाँका अनुसार इञ्जिनीयरत्रय कमल सिटौला, विश्वेश्वरप्रसाद साह र हरिप्रसाद चौधरीलाई पक्राउ गरिएको हो । 

उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । यस्तै आयोगले सिरहाको गोलबजार नगरपालिकाका सवइञ्जिनीयर उमा श्रेष्ठलाई रु ५० हजार घुससहित पक्राउ गरेको छ । शौचालय निर्माणको भुक्तानी सहज गरिदिने भन्दै सेवाग्राहीसँग उनले घुस मागेको आयोगले जनाएको छ । आयोगले श्रेष्ठलाई शुक्रबार पक्राउ गरेको भए पनि आज सार्वजनिक गरेको हो । 

यस्तै आयोगले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजनल इञ्जिनीयर प्रकाश अधिकारीसहित तीन जनालाई पक्राउ गरेको छ । आयोगका प्रवक्ता कोइरालाका अनुसार सिनियर डिभिजनल इञ्जिनीयर अधिकारीले विभिन्न उपभोक्ता समिति तथा अन्य कम्पनीसँग घुुस मागी बा१झ ५२८० नंको सरकारी गाडीमा यही साउन २ गते काठमाडौँ आउँदै गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले भक्तपुरको जगातीबाट पक्राउ गरेको हो । 

आयोगका अनुसार निजको साथमा रु १३ लाख ३८ हजार ५०० नगद र सोही गाडीमा रहेका जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय सिन्धुपाल्चोकका इञ्जिनीयर भोगेन्द्र साहको साथबाट रु एक लाख २९ हजार १०५ शङ्कास्पद नगद फेला पारेको छ । आयोगले अधिकारी, साह र सवारी चालक खड्कालाई गाडीसहित नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै