२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा सडक कालोपत्रे गरेको एक महीनामै उप्कियो

४ श्रावण २०७६, शनिबार १५:४४

साउन ४, गलकोट । बागलुङको दक्षिण क्षेत्र जैमिनी नगरपालिकाको केन्द्र कुस्मिशेरा जाने सडक कालोपत्रे गरेको एक महीनामै उप्किएको छ । रु दुई करोडको लागतमा गुङ्दी खोला–कुस्मिशेरा सडकखण्डको १६६० मिटर लम्बाइ तथा ३.७५ मिटर चौडाइ कालोपत्रे गरेको सडक एक महीनामै उप्किएको छ । 

केन्द्र सरकारको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकद्वारा विनियोजित रु एक करोड र जैमिनी नगरपालिकाको रु एक करोड लागतमा कालोपत्रे गरेको सडक एक महीनामै उप्किन थालेको जैमिनी नगरपालिकाले जनाएको छ । 

कालोपत्रे गरेको सडक गुणस्तर कमजोर भएको गुनासो आएपछि नगरपालिका, डा पाठक, जिल्ला समन्वय अधिकारी कृष्णराज गौतमसहितको समूह र सडक डिभिजन कार्यालयका इञ्जिनीयर सिंहबहादुर विष्टको संयुक्त अनुगमनले सडकको गुणस्तरमा कमजोर भएको प्रतिवेदन नगरपालिकालाई बुझाएको थियो । 

“प्रारम्भिक अध्ययनमा कालोपत्रे गरेको सडकमध्ये २५८ मिटर सडक कमशल भएको पाइयो”, इञ्जिनीयर विष्टले भन्नुभयो, “सडकको सम्पूर्ण गुणस्तर जाँच गर्न ल्याब टेष्ट गरेपछि मात्र भन्न सकिन्छ ।” गुणस्तरमा कमजोर देखिएको सडकमा पानीको उचित व्यवस्थापन नगरी कालोपत्रे गर्दा कमजोर भएको नगरपालिकाका प्राविधिक सुमनराज रेग्मीले बताउनुभयो । 

रु दुई करोड लागत इष्टमेट गरेको सडकलाई ‘बि एण्ड ए’ निर्माण कम्पनीले रु एक करोड २५ लाखमा काम सम्पन्न गर्ने गरी गत चैत १८ गते सम्झौता गरे पनि केही भागमा कालोपत्रे उप्किएको रेग्मीले जानकारी दिनुभयो । कालोपत्रेमा गुणस्तर कम भएको प्राविधिकको प्रतिवेदनअनुसार २५८ मिटर सडकको रकम निर्माण कम्पनीलाई भुक्तानी नगरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले बताउनुभयो । 

गुणस्तरअनुसार काम नगर्र्ने निर्माण कम्पनीलाई कारवाहीस्वरुप रु १५ लाख रकम घटाएर भुक्तानी गरिएको पौडेलले जानकारी दिनुभयो । आफूले जनताको सुविधालाई लक्षित गरी कुस्मिशेरामा पहिलोपटक कालोपत्रे सडक निर्माण कार्य शुरु गरे पनि सोचेजस्तो काम नभएको सांसद पाठकले बताउनुभयो । उहाँले आगामी दिनमा छिटो बजेट ल्याउने र अहिले कमजोर कालोपत्रे भएको स्थानमा यो आर्थिक वर्षमा कालोपत्रे गरिने जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै