साउन ५, काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले तोकेको एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३९ पैसा रहेको छ ।
तस्तै कतारी रियाल १ को खरिददर ३० रुपैयाँ १५ पैसा र बिक्रीदर ३० रुपैयाँ ३२ पैसा छ । भने आज साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २७ पैसा र बिक्रीदर २९ रुपैयाँ ४३ पैसा छ । यूएई दिर्हाम आज १ को खरिददर २९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३० रुपैयाँ ०५ पैसा छ । यस्तै मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६९ पैसा र बिक्रीदर २६ रुपैयाँ ८४ पैसा छ । आज बहराइन दिनार १ को खरिददर २९१ रुपैयाँ २३ पैसा र बिक्रीदर २९२ रुपैयाँ ८२ पैसा तोकेको छ |
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९ रुपैयाँ ३९ पैसा छ । भने कुवेती दिनार १ को खरिददर ३६० रुपैयाँ ८६ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ८३ पैसा रहेको छ ।