२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँमा ७ हजार ८ सय घरधुरीको पुनः जाँच सर्वेक्षण

२०७६, ५ श्रावण आईतवार ०६:१६

साउन ५, तनहुँ | तनहुँ जिल्लाका सात हजार ८३५ घरधुरीको छुट तथा पुनः जाँच सर्वेक्षण गरिएको छ । भूकम्पपीडितको लाभग्राहीमा नपरेका सर्वसाधारणको गुनासोको आधारमा तनहुँ जिल्लामा वैशाख १९ गतेदेखि शुरु भएको छुट तथा पुनः जाँच सर्वेक्षणमा १० स्थानीय तहका सात हजार ८३५ घरधुरीको सर्वेक्षण सकिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) तनहुँले जनाएको छ ।

जिल्लाका १० स्थानीय तहका नौ हजार ७९२ घरधुरीले छुट तथा पुनः जाँच सर्र्वेक्षणका लागि फारम भरेका थिए । एकाइ प्रमुख जयप्रकाश गुप्ताका अनुसार व्यास नगरपालिकामा दुई हजार ४२ गुनासो दर्ता भएकामा ९१२, भानु नगरपालिकामा तीन हजार ९९३ गुनासो दर्ता भएकामा तीन हजार २६०, बन्दीपुर गाउँपालिकामा ५४५ गुनासो दर्ता भएकामा ५३०, आँबुखैरेनी गाउँपालिकामा २९२ गुनासो दर्ता भएकामा २९२, देवघाट गाउँपालिकामा ३४८ गुनासो दर्ता भएकामा ३४८ घरधुरीको छुट तथा पुनः जाँच सर्वेक्षण सकिएको छ । 

त्यस्तै घिरिङ गाउँपालिकामा १३१ गुनासो दर्ता भएकामा १३१, भीमाद नगरपालिकामा ५३१ गुनासो दर्ता भएकामा ५३१, म्याग्दे गाउँपालिकामा ७१७ गुनासो दर्ता भएकामा ६९२, शुक्लागण्डकी नगरपालिकामा एक हजार ६५ गुनासो दर्ता भएकामा एक हजार ११ र रिसिङ गाउँपालिकामा १२८ गुनासो दर्ता भएकामा १२८ घरधुरीको छुट तथा पुनःजाँच सर्वेक्षण सकिएको गुप्ताले जानकारी दिनुभयो ।

व्यास र भानु नगरपालिकाबाहेक अन्य सबै स्थानीय तहमा लगभग सर्वेक्षणको काम सम्पन्न भएको गुप्ताले जानकारी दिनुभयो । “व्यास र भानु नगरपालिकामा सबैभन्दा बढी गुनासो दर्ता भएकाले सर्वेक्षणको काम सम्पन्न हुन सकेको छैन,” गुप्ताले भन्नुभयो, “अन्य स्थानीय तहमा लगभग सकिएको छ, केही घरधुरी दोहोरिएकाले त्यसको बारेमा बुझ्दैछौ ।”

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले असार मसान्तसम्म छुट तथा पुनः जाँच सर्वेक्षणको समयावधि तोकेपनि सर्वेक्षण नसकिएकाले प्राविधिक कार्यक्षेत्रमै खटिरहेको कार्यालयले जनाएको छ । घरधुरी सर्वेक्षणका लागि जिल्लामा ५३ जना प्राविधिक परिचालन गरिएको थियो । 

छुट तथा पुनः जाँच सर्वेक्षणलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा सर्वेक्षण सञ्चालन जिल्ला समिति गठन गरिएको छ । उक्त समितिमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, जिल्ला समन्वय अधिकारी, जिल्ला आयोजना कार्यान्वयन इकाइ प्रमुख सदस्य रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो