2026-09-13 04:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटी जिल्लाको भौगोलिक र ऐतिहासिक पृष्ठभूमी कस्तो छ ?

साउन ५, काठमाडौँ  |  डोटी जिल्ला नेपालको सुदूर-पश्चिम प्रदेशमा अवस्थित एउटा जिल्ला हो । हाल डोटीमा ९ वटा स्थानीय तह हहेका छन् | जस मध्ये  दुइवटा नगरपालिका र सातवटा गाउपालिका गरी जम्मा ६५ वटा वडाहरु  रहेका छन्  | डोटी जिल्लाको पूर्वमा अछाम र सुर्खेत, पश्चिममा डडेल्धुरा र वैतडी, उत्तरमा बझाङ्ग र दक्षिणमा कैलाली र कंचनपुर जिल्लाहरू रहेका छन्। २०२५ बर्ग किमिमा फैलिएको यो जिल्ला २८० ५४’ उत्तर देखि २९० ५४’ उत्तर अक्षांश र ८०० ३०’ पूर्वदेखि २१० १४’ पूर्वी देशान्तरसम्म फैलिएको छ। 

भौगोलिक दृष्टिले अत्यधिक विविधता भएको यो जिल्ला उचाईको दृष्टिले ३०० मिटर घाङलको पिपलकुण्टा देखि ४००० मिटरसम्म फैलिएको भए तापनि यसको अधिकांश भू-भाग भने ३०० मिटर देखि २००० मिटरको उचाई क्षेत्रमा पर्दछ। अर्थात उत्तरमा उच्च हिमाली क्षेत्र देखि दक्षिणमा चुरे पर्वत श्रृंखलासम्म फैलिएको यो जिल्लाको अधिकांस भू-भाग भने मध्य पहाडी क्षेत्रमा नै पर्दछन। यस जिल्लामा खप्तड लेक,सकार लेक,महाभारत लेक तथा गोलेदेउ लेक जस्ता उच्च पहाडी स्थानका साथै दिपायल,वानेडुग्रीसैन तथा नारीदाङ्ग जस्ता अर्ध उष्ण हावापानी भएका नदी किनारामा अवस्थित समथल भू-भाग पनि रहेका छन् | 

डोटी जिल्लाको ऐतिहासिक पृष्ठभूमी  

 बाइसे-चौबीसे राज्यकालमा बाइसे राज्य भन्दा परको विशाल तथा शक्तिशालि मानिएको रैका राज्य या डोटी राज्य पूर्वमा कर्णाली नदी पश्चिममा रामगंगा (कुमाउँ) उत्तरमा ठाकुरजी देखि दक्षिणमा तराईसम्म फैलिएको थियो। डोटीमा दुई राजवशको राज्य स्थापित थियो | जसमध्ये कत्युरी र जुम्ला नागराजका वंशजका रैका राजा थिए ।

 डोटीका शासक कत्युरवंशी (कत्युरी राजवंश)का राजा सुभिक्षराज सन् (१०४५-१०६५) डोटीका अतिरिक्त अल्मोडा र गढवालका समेत शासक थिए । कत्युरी राजाको वंशजलाई बि.स १४२० पश्चातको युद्दमा रैका राजाले विजय गरेपछि डोटी बि.स १४४१ पछि रैका राजाको राज्यको रुपमा परिचित/चर्चित बन्यो ।

 डोटीका राजालाई महाराजाधिराको उपाधिको स्थानीय नाउ रैकाज्यू भनिन्थ्यो। यहाका रैका राजवंशको राज्य बि.स १४४१ पछि रैका राजा दीपशाहीको पालामा कप्तान रणवीर खत्रीको नेतृत्वमा गएको नेपाली फौजले डोटीमाथि आक्रमण गरी विसं १८४७ सालमा विशाल नेपाल राष्ट्र अन्तर्गत बिजय गरेको थियो। राणाकालमा प्रशासनिक केन्द्रको रूपमा तोकिएको डोटी गौंडाको नियन्त्रणमा अछाम, बाजुरा बझाङ, जुम्ला र बैतडी थिए।

डोटी जिल्लाको नाम कसरी रहन गयो ? 

ज्ञानेश्वर भटृराईको वृहत ज्ञान कोषको अनुसार यहाँ प्रवाहित हुने खोलाको नाम डोटी खोला रहेको र सोही डोटी खोलाको छेउछाउको भागलाई डोटी क्षेत्र भन्ने गरिएकोले सोही आधारमा जिल्लाको नाम डोटी रहन गएको हो भन्ने गरिएको छ | 

यहाँको हावापा‍नी

यस जिल्लाको भू-बनोट असमान उचाई र विविध धरातलिय स्वरूप भएको कारण हावापानीमा निकै विषमता छ। यस जिल्लाको ६०% भू-भाग समशितोष्ण,१७% भू-भाग अर्द्योष्ण र २३% भू-भाग शीत प्रदेशमा पर्दछ। भू-वनोटीय उचाईमा भएको विविधताको कारण यँहाको हावापानी तथा जलवायुमा पनि विविधता पाइन्छ। 

यहाँ खासगरी समशितोष्ण देखि शितोष्ण हावापानी पाइन्छ। सन् १९७६-८६सम्मको सिलगढी स्टेशनको रेकर्ड अनुसार यँहाको वार्षिक औषत वर्षा १,३४७ मिलिमिटर पाइएको छ। जिल्लाको वर्षैभरि हुने वर्षाको वितरण एकनाशको पाइदैन। हिउँदमा कम वर्षा हुन्छ भने करीब ७०% वर्षा जुन देखि सेप्टेम्बर महिनामा हुन्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले