२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

सुदूरपश्चिमको दार्चुलामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल मालिकार्जुनको के छ महत्व ?

२०७६, ६ श्रावण सोमबार ०६:३२

साउन ६, काठमाडौँ  | सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा अवस्थित शैल्य शिखर मालिकार्जुनको के छ महत्व  र यसको धार्मिक तथा ऐतिहासिक पृष्टभुमिकस्तो छ भन्ने बारेमा केहि ऐतिहासिक तथ्यहरुका आधारमा यसको बिशेषतालाई उल्लेख गर्न सकिन्छ  | 

मुख्य देवताको रुपमा भगवानलाई मानिन्छ | बिशेष गरि कात्तिक,मंसिर शुक्ल त्रयोदशीको दिन पुजा तथा ठूलो जात्रा हुन्छ | प्यागोडा शैलीमा निर्माण गरिएको शैल्य शिखर मालिकार्जुन मन्दिर नेपालको दार्चुला जिल्लामा अवस्थित छ । 

यस मन्दिरलाई नेपाल सरकारले २०६५ सालमा देशकै सातौं धाम घोषणा गरेको छ। राष्ट्र को सातौ धाम तथा जिल्लाकै प्रमुख धार्मीक पर्यटकीयस्थलका रुपमा चिनिदै आएको यस मालिकार्जुन मन्दिरमा विशेष गरी प्रत्येक वर्ष कार्तिक वा मंसीर महिनामा जात्रा र भदौ महिनाको गौरा पर्व लाग्ने गर्दछ। 

यस मालिकार्जुन मन्दिर बाट ५००० मिटर को उचाईमा श्री शैल्य शिखरधाम छ । यस शैल्य शिखरधाममा विशेष गरी असार शुक्ल चर्तुदशी र कार्तिक शुक्ल त्रियोदसिका दिन जात्रा लाग्ने गर्दछ। श्री शैल्य शिखर धामको दर्शन गर्न महिलाको हकमा विबाहित र पुरुषको हकमा ब्रतबन्ध गरेकाले मात्रै जान सक्छन्। पाउछन पनि, मालिकार्जुनमा लटिनाथ, कैलपाल र बालिचन देवताको मन्दिर पनि छ। लटिनाथ मालिकार्जुनका सुपुत्र हुन् भने कैलपाल लटिनाथ देवताका भाई अर्थात उनका मामाका छोरा हुन् भन्ने यहाँका बुढापाखाहरू बताउछन्।

 मालिकार्जुनलाई धार्मिक पर्यटन गनतब्यस्थलका रुपमा विकास गर्न तथा यहाँ रहेका प्राचिन धार्मिक महत्व बोकेका ऐतिहासिक धरोहरहरूको अनुसन्धान, अन्वेषण तथा संरक्षणका लागि मालिकार्जुन पर्यटन पूर्वाधार विकास समिति क्रियासिल रहँदै आए पनि देशमा लम्बिदो संक्रमण अस्थिर राजनीतिले अपेक्षाकृत रुपमा काम हुन सकेको छैन ।

श्री शैल्य मालिकार्जुन मन्दिरको ऐतिहासिक पृष्टभुमि

श्री शैल्य मालिकार्जुन देवता भारतको कत्यूर भन्ने ठाउँबाट मालिकार्जुनको शैल्य शिखरमा आएका हुन् भन्ने किंवदन्ती रहेको पाइन्छ । भारतमा भएको धार्मीक दंगाका बखत १६ औं सताब्दी तिर नेपाल विभिन्न राज्य उपराज्यहरूमा विभाजन थियो । कर्णाली प्रदेस अन्तरगत डोटीराज्यमा मल्ल वंशका राजाहरू शासन गर्दथे । 

भारतमा भइरहेको धार्मीक हिंसाका वेला भारतका विभिन्न ठाउँबाट धर्म रक्षाका निम्ती त्यँहाका हिन्दुहरू एक ठाउँवाट अर्को ठाउँमा स्थानान्तरण हुंदै गए ।[१] 

हुँदा हुदै भारतका विभिन्न ठाउँबाट भारतीय हिन्दुहरू आफ्नो इष्टकुलसहित नेपाल प्रवेस गरेको तथ्य इतिहासबाट पुष्टि हुन्छ । धर्म रक्षा र जीवन रक्षाका क्रममा श्री शैल्य मालिकार्जुन शिवलिंग र शालीग्रामका साथ भारतका विभिन्न ठाउँ हुंदै अभयराज पाण्डेय, निमनाथ योगी, भिमराज भट्ट, धाराधिरा पहलवान र सुरदास औजी दार्चुलाको रिठाचौपाता आई रिठा भन्नेठाउँमा वास बसेको श्रुति छ । त्यही शिवलिंग स्थापित गरी अभयराज पाण्डेयले मालिकार्जुनको पुजन गरेको मानिन्छ । त्यति बेला डोटी राज्य विस्तारणको क्रममा भारतका गढवाल, देहरादून आदि ठाउँ पुगेका इतिहास छ । डोटीका राजा नागी मल्लको पालामा विभिन्न ठाउँमा रहेका शक्ति केन्द्र र शक्ति पीठहरूमा मन्दिर, धर्मशाला र शिलालेख बनाइएको पनि देखिन्छ ।

 यता श्री शैल्य मालिकार्जुन हिमालय एवं पर्वतीय रमणिय स्थलहरू खोजी गर्दै हिड्ने क्रममा दुँहुको हुतिमा समेत बास बसेको कथन छ । श्री मालिकार्जुन ज्योर्तिलिंग स्थायी वासस्थान खोज्दै जाने क्रममा मालिकार्जुनको श्री शैल्य शिखर पर्वतमा आई बस्नुभएको हो भन्ने कुरा मालिकार्जुनको झोडो स्तुतीगानमा उल्लेख भएको पाइन्छ । मालिकार्जुनको शैल्य शिखर धाम मालिकार्जुन र ग्वानी गाविसको बिचमा पर्दछ । आराध्यदेव श्री मालिकार्जुन देवता बासस्थानको खोजीमा रिठाबाट हिडेपछि उता अभयराज पाण्डेय रिठामै बसी मालिकार्जुनको ज्योर्तिलिंग खोज्दै थिए ।

उनका अन्य साथिहरू प्रभुको ज्योर्तिलिगंको खोजीमा क्रममा विभिन्न ठाउँहरूमा घुम्दै गए तर, कहि कतै पनि उनीहरूले आफ्ना इष्टदेव मालिकार्जुनको ज्योर्तिलिगं नभेट्टाएपछि भक्ति र शोकमा व्याकुल भए । यसरी इष्टदेव मालिकार्जुनको भक्ति भावमा विलीन भएका अभयराज पाण्डेयलाई महाराज मालिकार्जुनले राती सपनामा दर्शन दिई आफु मालिकार्जुनको शैल्य शिखरमा डेरा जमाई बसेको बताए ।

सपनामा अभयराज पाण्डेयलाई प्रभुले भन्नु भएछ, ‘तिमी चिन्ता नगर त्यहाँ डिडेकोटमा बस्ने डिङे राजाले दैनिक पशुबली गरेर वातावरण र मलाई समेत दुषित बनाउने काम गर्न थाल्यो, उसको कोट उचाईमा छ र रिठामा बस्दा म चाहि गहिराइमा परे ।

त्यसो भएको हुनाले मैले स्थायी रुपमा बास बस्ने योगय र उचित ठाउँ शिखर पर्वत भेट्टाएको छु, तिमी भक्त एक्लै यहाँ पुग्न सक्दैनौ, म तिम्रो घरमा बाघ पठाउने छु र त्यो बाघको दायाँ खुट्टामा निङालाको छुरा हुनेछ, तिमी नडराउनु र त्यो सुरा बाघको खुट्टाबाट निकाल्नु अनि त्यसपछि बाघ आफ्नो बाटो लाग्ने छ र तिमी पनि बाघकै पछि–पछि आउदै गर्ने बाघले तिमीलाई म कहाँ पुर्याउने छ ।’त्यसपछि अभयराज पाण्डेको निन्द्रा खुल्छ, र ब्युझी हेर्दा बाहिर उज्यालो भएको हुन्छ, सपनिमा भने जस्तै उसको अगाडि प्रभुले भने जस्तै खुट्टामा निङालाको सुरा भएको बाघ देखिन्छ । बाघलाई देखेपछि अभयराजले बाघको खुट्टाको निङालाको सुरा निकाली दिनुभयो ।

अनि बाघ सरासर आफ्नो बाटोतर्फ लाग्छ र अभयराज पाण्डेय पनि बाघकै पछि–पछि लाग्छन् । बाघले उनलाई शिखर पर्वतको शिलामा पुर्याउछ । त्यहाँ पुग्दा अभयराजले साच्चीकै शिवलिंग पाउछन् । अभयराजले खुसीको आँसु झार्दै महाराजप्रति भक्ति भाव प्रकट गर्छन र त्यतिनै बेला अभयराजले वाणि सुन्छ । महाराज मालिकार्जुनले अभयराजलाई भन्नुभयो, हे भक्तराज मेरो स्थायी वसोवास अबदेखि यहि नै हुन्छ, अबदेखि तिमी यही आएर मेरो पुजन र दर्शन गर्न सक्छौ ।’अरु भक्तहरुलाई पनि यही आउन भनि दिनु भन्दै आकाश वाणि बन्द हुन्छ ।

गंगा गौ मुख हो मडै शिखरको यो मुक्तिको धामहो ।

पुर्णा पूर्ण अपुर्ण पूर्ण गरने मालिकार्जुन नाम हो ।।

धारा वग्न गए हिमाल शिखर बाटै तली झर्दछन ।

चढछन माथी यहाँ मडै शिखरमा यात्रीहरु पुग्दछन ।।

यसरी शिखरबाट घर फर्केका अभयराजले श्री शैल्य मालिकार्जुनको ज्योर्तिलिंग खोज्दै हिडेका अन्य भक्तहरु भिमराज भट्ट, निमनाथयोगी, सुरदास औजी र धिराधारालाई खवर गर्न गाउँ–गाउँ मान्छे पठाउँछन् र शिवलिंग शिखर पर्वतमा विराजमान भएको र त्यहि पुजाँपाठ गर्नुपर्ने सन्देस दिन्छन् । साच्चिकै शिखर पर्वतमा रहेको शिला भित्रको अदृष्य गुफामा यस्तो महान एंव अद्वैत शक्ति छ जसको बयान गर्न हामीसंग प्रयाप्त शब्दहरू नै छैनन् 

हामीसंग भक्तिभाव र सर्मपण छैन, त्याग, तप र साधना छैन् । महाराज मालिकार्जुन विराजमान हुनुभएको शिखर पर्वतमा पौराणिककालदेखी हरेक वर्ष आषाढ शुक्ल चतुर्दसी र कार्तिक शुक्ल त्रियोदसीका दिन विधि विधान बमोजिम पुजा अर्थात पुजन, दर्शन गरिन्छ । विशिष्ट खालको नीतिनियम र विधि पार गर्दै पुगिने यो श्री शैल्य शिखर पुजन र दर्शनले विघ्न वाधा हट्ने, मनमा शान्ति मिल्ने, दरिद्रता नास हुने, मानसम्मानका साथै मुक्ति प्राप्त हुने कुरामा शतप्रतिसत विश्वास गरिन्छ ।

विद्या वुद्धि दिने सभक्ति भरने यै देव मालिकार्जुन ।

तोडछन बन्धन जो समस्त जनका दिन्छौ नयाँ जीवन ।।

शोभा धाम आगीथरै शिखरको सानिध्य कैलासको ।

हो यात्रा मड दार्चुला शिखरको सम्पूर्ण हिन्दुत्वको ।।

हिन्दु शास्त्र परम्पराअनुसार वैद्धिक मन्त्र र विधिका साथ पुजापाठ हुने यो ठाउँमा समस्त नरनारी मानवजगत शुदता वर्तेर शिखर स्वामीको दर्शन गर्द्छ्न।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा