२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

अस्पताल नखोल्न निर्देशन

६ श्रावण २०७६, सोमबार १०:५१

साउन ६, तनहुँ  | तनहुँ जिल्ला प्रशासन कार्यालयले दमौली बजारमा सञ्चालित ने–कोर्यो अस्पताल बन्द गर्न  निर्देशन दिएको छ । अस्पतालमा कार्यरत चार चिकित्सकको अनुमतिपत्रको म्याद सकिएकाले प्रशासन कार्यालयले अनुमतिपत्र नवीकरण नभएसम्मका लागि उक्त अस्पताल नखोल्न निर्देशन दिएको हो 

अस्पतालमा कार्यरत चार विदेशी चिकित्सककोे नेपाल मेडिकल काउन्सिलबाट जारी अनुमतिपत्रको म्याद सकिएकाले सेवा बन्द गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाल मेडिकल काउन्सिलबाट चिकित्सकका लागि जारी भएको अनुमतिपत्रको म्याद सकिएको डेढ महीना भइसकेको रहेछ, अनुमतिपत्र नआउँदासम्म सेवा बन्द गर्न निर्देशन दिएका हौँ ।”

विसं २०६८ देखि दमौलीमा सञ्चालनमा रहेको उक्त अस्पतालमा हाल चार चिकित्सक कार्यरत छन् । अस्पताल प्रशासनले भने मेडिकल काउन्सिलबाट ती चिकित्सकको अनुमतिपत्र नवीकरण हुने प्रक्रियामा रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य