2026-09-04 03:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नेपाल र जर्जिया सम्बन्ध सुमधुर’

साउन ६, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र जर्जियाबीच सुमधुर सम्बन्ध रहेको तथा त्यसलाई अझ सुदृढ तुल्याउन दुवै देश क्रियाशील रहेका बताउनुभएको छ । जर्जियाको राष्ट्रिय दिवसका अवसरमा आज राजधानीमा उक्त देशका अवैतनिक वाणिज्यदूत शिवरतन शारडाले आयोजना गर्नुभएको स्वागत समारोहमा उहाँले नेपाल र जर्जियाबीच पहिलोपटक राजनीतिकस्तरमा परामर्श हुनुले दुवै पक्षको क्रियाशीलतालाई प्रतिविम्बित गर्छ भन्नुभयो । 

गणतन्त्रात्मक शासन पद्धति अँगालेका दुवै देशका विकासका आकाङ्क्षा समान रहेका बताउँदै मन्त्री ज्ञवालीले युरोपको पहाडी मुलुक जर्जिया र एशियाको अर्को पहाडी देश नेपालबीच सन् २००५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै राष्ट्रले अन्तर्राष्ट्रिय र क्षेत्रीय मञ्चमा साझा हित एवम् चासोका विषयमा सहकार्य गर्दै आएका बताउनुभयो । 

पर्यटन, जलस्रोत, जलवायु परिवर्तन, व्यापार तथा लगानीका क्षेत्रमा जर्जिया र नेपालबीच साझेदारीका प्रशस्त सम्भावना रहेका भन्दै उहाँले सरकारीस्तरमा मात्र नभई जनस्तरमा पनि दुई मुलुकबीचको सम्बन्ध क्रमशः उन्नत हुँदै गएको बताउनुभयो । 

जर्जियाका परराष्ट्र सचिव अर्चिल जुलियासिभ्लीले जर्जियाको भौगोलिक अखण्डता र सार्वभौमिकताका पक्षमा नेपालले गरेको समर्थनको सराहना गर्दै जर्जियाली पर्यटन व्यवसायी नेपाल आउन इच्छुक रहेको बताउनुभयो । 

दुवै देशको समान हिमाली संस्कृतिको चर्चा गर्दै उहाँले क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा नेपालसँग निकट सम्पर्क र समन्वयमा रहेर काम गर्न चाहेको बताउनुभयो । अवैतनिकदूत शारडाले जर्जिया–नेपाल सम्बन्धलाई व्यापार–वाणिज्यका क्षेत्रबाट थप मजबुत तुल्याउन आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो