2026-09-04 03:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केन्याबाट उद्दार गरिएका नेपाली चेलीहरु फेरी केन्या जाने! सरकार र उद्दारकर्ताप्रति आक्रोशित

साउन ६, काठमाडौँ | नेपाली चेलीलाई केन्यामा यौनदास बनाएको खबर ‘सन्डे नेशन’ले पहिलो पृष्ठमै छापेको थियो । त्यहाँको प्रहरीले अप्रिलमा विभिन्न बारमा छापा मार्दा पक्राउ परेका १२ नेपाली युवतीलाई आधारमा यो समाचार छापिएको थियो । लामो प्रक्रिया पूरा गरेपछि उद्दार गरिएका १२ नेपाली युवती काठमाडौं आइपुगेका छन् । अन्तर्राष्ट्रिय आप्रवासी संस्था आईओएमको सहयोगमा नेपाल ल्याइएका १२ युवतीसँग नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो (एचटीबी) का अधिकृतहरुले बयान लिएका छन् ।

बयानका क्रममा युवतीहरुले उल्टै उद्दारकर्ता र सरकारमाथि नै आक्रोश पोखेका छन् । उनीहरुले केन्यामा मानसिक वा शारीरिक यातना नभएको दाबी गरेका छन् ।

उनीहरुले सरकारले नै दुःख दिएको भन्दै आरोप लगाएका छन् । उद्दार गरिएकामध्ये अधिकांश नेपालमा पनि डान्स बारमा नाच्ने कामनै गर्ने गरेको बुझिएको छ । नेपालबाट केन्या गएलगत्तै उनीहरुले ६० हजार रुपैयाँसम्म मासिक तलब दिएको बयान दिएका छन् । 

उनीहरुले आफूहरुलाई नाच्नेबाहेक अरु काम नलगाएको र तलब नियमित दिने गरेको बयान दिएका छन् । सरकार र प्रहरी प्रशासनले उद्दार गरेको बताइरहँदा उनीहरुले भने दुःख दिएको आरोप लगाएका छन् । ‘राम्रोसँग काम गरिरहेका हामीलाई यहाँ ल्याएर सरकारले दुःख मात्र दियो’,एक युवतीले भनिन्, ‘हामीले यातना पायौं तर, फेरि जान्छौं ।’

प्रहरी स्रोतकाअनुसार उद्दार गरिएका मध्ये दुई जना केन्या पुगेको एक दिन मात्र भएको थियो । तर प्रहरीले पक्राउ गरेर नेपाल पठाइदिएको थियो । मनोपरामर्शदाताको सहयोगमा गरिएको सोधपुछमा दुवै जनाले पुनः केन्या फर्किने इच्छा व्यक्त गरेका छन् । काम गर्ने सर्तमा अग्रिम रकमसमेत लिइसकेको उनीहरुको भनाइ छ । 

Photo Credit : www.nation.co.ke

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो