२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

पोखराका विभिन्न होटलमा काम गर्दै आएका बागलुङका तीन बालक उद्धारपछि आफन्तको जिम्मामा

७ श्रावण २०७६, मंगलवार ०४:४२

साउन ७, गलकोट । गण्डकी प्रदेशको राजधानी पोखराका विभिन्न होटलमा बालश्रमिकको रूपमा काम गर्दै आएका बागलुङका तीन बालकको उद्धारपछि आफन्तको जिम्मा लगाइएको छ । 

पोखराका विभिन्न होटलमा भाँडा धुने, पोछा लगाउने, सामग्री ओसारपसार गर्नेलगायतका काममा लगाई श्रमशोषण गरिएको भन्ने सूचनाका आधारमा श्रम तथा रोजगार विभाग कास्कीले तीन बालकको उद्धार गरेको थियो । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–७ का १३ वर्षीय विक्रम नेपाली, १५ वर्षीय राजु नेपाली र १४ वर्षीय प्रकाश नेपालीको उद्धारपछि उनीहरूलाई जिल्ला प्रशासन कार्यालय बागलुङको रोहवरमा सोमबार आफन्तको जिम्मा लगाइएको हो । 

श्रम तथा रोजगार विभाग कास्की पोखराले असार २३ गते पोखराका विभिन्न होटलबाट ती बालकको उद्धारपछि ‘सेफहाउस’मा राखिएका बालकलाई आफन्तको जिम्मा लगाइएको हो । बालकसहित उनीहरुले होटलमा काम गर्दा पाएको न्यूनतम पारिश्रमिकसहित जिल्ला प्रशासन कार्यालयको रोहवरमा आफन्तलाई जिम्मा लगाइएको श्रम तथा रोजगार विभाग कास्कीका शाखा अधिकृत विन्दुकला भण्डारीले जानकारी दिनुभयो ।

विक्रम नेपालीले विगत १५ महीनादेखि, राजु नेपालीले आठ महीना र प्रकाश नेपालीले १८ महीनादेखि बालश्रमिकको रूपमा पोखराका विभिन्न होटलमा काम गर्दै आएका थिए । विभागले होटलको नाम भने खुलाएको छैन । 

होटलहरुलाई बाल श्रमशोषण गरेकामा कारवाहीका लागि समेत प्रक्रिया अगाडि बढाइएको भण्डारीले जानकारी दिनुभयो । होटलले न्यूनतम पारिश्रमिकवापत विक्रमलाई रु ६८ हजार, राजुलाई रु ५० हजार र प्रकाशलाई रु ६६ हजार प्रदान गरेको थियो । उनीहरुले पाएको न्यूनतम पारिश्रमिक उमेर पुगेपछि निकाल्ने गरी गण्डकी विकास बैंक बागलुङको बचत खातामा राखिएको जिल्ला प्रशासन कार्यालय बागलुङका निमित्त प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै