2026-09-14 09:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

पोखराका विभिन्न होटलमा काम गर्दै आएका बागलुङका तीन बालक उद्धारपछि आफन्तको जिम्मामा

साउन ७, गलकोट । गण्डकी प्रदेशको राजधानी पोखराका विभिन्न होटलमा बालश्रमिकको रूपमा काम गर्दै आएका बागलुङका तीन बालकको उद्धारपछि आफन्तको जिम्मा लगाइएको छ । 

पोखराका विभिन्न होटलमा भाँडा धुने, पोछा लगाउने, सामग्री ओसारपसार गर्नेलगायतका काममा लगाई श्रमशोषण गरिएको भन्ने सूचनाका आधारमा श्रम तथा रोजगार विभाग कास्कीले तीन बालकको उद्धार गरेको थियो । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–७ का १३ वर्षीय विक्रम नेपाली, १५ वर्षीय राजु नेपाली र १४ वर्षीय प्रकाश नेपालीको उद्धारपछि उनीहरूलाई जिल्ला प्रशासन कार्यालय बागलुङको रोहवरमा सोमबार आफन्तको जिम्मा लगाइएको हो । 

श्रम तथा रोजगार विभाग कास्की पोखराले असार २३ गते पोखराका विभिन्न होटलबाट ती बालकको उद्धारपछि ‘सेफहाउस’मा राखिएका बालकलाई आफन्तको जिम्मा लगाइएको हो । बालकसहित उनीहरुले होटलमा काम गर्दा पाएको न्यूनतम पारिश्रमिकसहित जिल्ला प्रशासन कार्यालयको रोहवरमा आफन्तलाई जिम्मा लगाइएको श्रम तथा रोजगार विभाग कास्कीका शाखा अधिकृत विन्दुकला भण्डारीले जानकारी दिनुभयो ।

विक्रम नेपालीले विगत १५ महीनादेखि, राजु नेपालीले आठ महीना र प्रकाश नेपालीले १८ महीनादेखि बालश्रमिकको रूपमा पोखराका विभिन्न होटलमा काम गर्दै आएका थिए । विभागले होटलको नाम भने खुलाएको छैन । 

होटलहरुलाई बाल श्रमशोषण गरेकामा कारवाहीका लागि समेत प्रक्रिया अगाडि बढाइएको भण्डारीले जानकारी दिनुभयो । होटलले न्यूनतम पारिश्रमिकवापत विक्रमलाई रु ६८ हजार, राजुलाई रु ५० हजार र प्रकाशलाई रु ६६ हजार प्रदान गरेको थियो । उनीहरुले पाएको न्यूनतम पारिश्रमिक उमेर पुगेपछि निकाल्ने गरी गण्डकी विकास बैंक बागलुङको बचत खातामा राखिएको जिल्ला प्रशासन कार्यालय बागलुङका निमित्त प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले