२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियाका लगानीकर्तालाई रोजगारी सिर्जना हुनेगरी लगानी गर्न मन्त्रि विष्टको आग्रह

२०७६, ७ श्रावण मंगलवार १२:१५

साउन ७, काठमाडौँ  । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपाल राजनीतिक स्थायित्वसँगै अगाडि बढेको भन्दै थप रोजगारीका अवसर सिर्जना हुने गरी लगानी गर्न दक्षिण कोरियाका लगानीकर्तालाई आग्रह गर्नुभयो ।  

काठमाडौँस्थित गणतन्त्र कोरियाली दूतावास र अङ्कुर नेपाल संस्थाले आज यहाँ आयोजना गरेको ‘गणतन्त्र कोरियाको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका’ विषयको कार्यशालालाई सम्बोधन गर्दै उहाँले नोपलमा कृषि ऊर्जा, पर्यटन, खनिजलगायत क्षेत्रमा लगानीको प्रचूर सम्भावना रहेको बताउनुभयो । “नेपालमा लगानीको थुप्रै सम्भावना छन्”, मन्त्री विष्टले भन्नुभयो, “रोजगारीका सिर्जना हुने गरी लगानी गर्नुहोस् ।” दुई देशका निजी क्षेत्रबीच असल औद्योगिक तथा व्यापारिक सम्बन्ध बनाउन आग्रह गर्नुभयो ।  

अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली युवा अत्यन्त इमान्दार कामदारका रुपमा चिनिएको उल्लेख गर्दै मन्त्री विष्टले कोरियामा लुकेर बस्ने प्रवृत्तिको अत्य गर्नु आवश्यक भएको बताउनुभयो । उहाँले करार अवधि सकिएपछि नेपाल फर्कन र अवैधरुपमा नबस्न आग्रह गर्नुभयो । 

वार्षिक अर्बौ रकम विप्रेषणका रुपमा नेपाल भित्रिए पनि झन्डै ९० प्रतिशत बढी उपभोग्य वस्तुको खरिदमा खर्च भएको तथ्य पेश गर्दै मन्त्री विष्टले विप्रेषणलाई पूँजी निर्माणमा लगाउन आग्रह गर्नुभयो । “विदेश पठाएको रकम खर्चमात्रै भएको छ, यसबाट पूँजी निर्माण हुन सकेको छैन”, उहाँले भन्नुभयो, “ठूलो हिस्सा बचत गर्न र पूँजी निर्माणमा लगाउन ढिला गर्न हुँदैन ।” उहाँले सानो लगानी भए पनि उद्यमी मानसिकताका साथ रोजगारी सिर्जना गर्नेतर्फ अगाडि बढ्न आग्रह गर्नुभयो । 

वैदेशिक रोजगारीलाई सुरक्षित र बढीभन्दा बढी प्रतिफलमुखी बनाउन सरकारको ध्यान केन्द्रित भएको उल्लेख गर्दै उहाँले नेपाली युवालाई सीपयुक्त बनाउन कोरिया सरकारको सहयोगको अपेक्षा गर्नुभयो । मन्त्री विष्टले भन्नुभयो, “उल्लेख्य मात्रामा जनशक्ति उत्पादन गर्न सीप केन्द्र स्थापना गर्न छलफल गरौँ ।”

सो अवसरमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क योङ सिकले कोरिया सरकारको आर्थिक तथा प्राविधिक सहायतामा थुप्रै आयोजना सञ्चालनमा भइरहेको बताउनुभयो । कोरिया सरकारले श्रम बजारमा नेपाली युवालाई प्राथमिकता दिएको उहाँको भनाइ थियो । अर्थशास्त्री विश्व पौडेलले कोरियाबाट फर्केका युवालाई कृषि, ऊर्जा, होटललगायत क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । 

दक्षिण कोरिया सरकारले सन् २००८ देखि नेपाली युवालाई कोरियाको श्रम बजारमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ । सन् २००७ मा नेपाली कामदारलाई कोरियामा रोजगारीका अवसर उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको थियो । 

हालसम्म दक्षिण कोरियामा ६३ हजार नेपालीले रोजगारीका अवसर प्राप्त गरेका छन् । कोरियाले रोजगार अनुमति प्रणालीमार्फत नेपाली युवालाई कोरिया लैजाँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय