२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियाका लगानीकर्तालाई रोजगारी सिर्जना हुनेगरी लगानी गर्न मन्त्रि विष्टको आग्रह

७ श्रावण २०७६, मंगलवार १२:१५

साउन ७, काठमाडौँ  । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपाल राजनीतिक स्थायित्वसँगै अगाडि बढेको भन्दै थप रोजगारीका अवसर सिर्जना हुने गरी लगानी गर्न दक्षिण कोरियाका लगानीकर्तालाई आग्रह गर्नुभयो ।  

काठमाडौँस्थित गणतन्त्र कोरियाली दूतावास र अङ्कुर नेपाल संस्थाले आज यहाँ आयोजना गरेको ‘गणतन्त्र कोरियाको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका’ विषयको कार्यशालालाई सम्बोधन गर्दै उहाँले नोपलमा कृषि ऊर्जा, पर्यटन, खनिजलगायत क्षेत्रमा लगानीको प्रचूर सम्भावना रहेको बताउनुभयो । “नेपालमा लगानीको थुप्रै सम्भावना छन्”, मन्त्री विष्टले भन्नुभयो, “रोजगारीका सिर्जना हुने गरी लगानी गर्नुहोस् ।” दुई देशका निजी क्षेत्रबीच असल औद्योगिक तथा व्यापारिक सम्बन्ध बनाउन आग्रह गर्नुभयो ।  

अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली युवा अत्यन्त इमान्दार कामदारका रुपमा चिनिएको उल्लेख गर्दै मन्त्री विष्टले कोरियामा लुकेर बस्ने प्रवृत्तिको अत्य गर्नु आवश्यक भएको बताउनुभयो । उहाँले करार अवधि सकिएपछि नेपाल फर्कन र अवैधरुपमा नबस्न आग्रह गर्नुभयो । 

वार्षिक अर्बौ रकम विप्रेषणका रुपमा नेपाल भित्रिए पनि झन्डै ९० प्रतिशत बढी उपभोग्य वस्तुको खरिदमा खर्च भएको तथ्य पेश गर्दै मन्त्री विष्टले विप्रेषणलाई पूँजी निर्माणमा लगाउन आग्रह गर्नुभयो । “विदेश पठाएको रकम खर्चमात्रै भएको छ, यसबाट पूँजी निर्माण हुन सकेको छैन”, उहाँले भन्नुभयो, “ठूलो हिस्सा बचत गर्न र पूँजी निर्माणमा लगाउन ढिला गर्न हुँदैन ।” उहाँले सानो लगानी भए पनि उद्यमी मानसिकताका साथ रोजगारी सिर्जना गर्नेतर्फ अगाडि बढ्न आग्रह गर्नुभयो । 

वैदेशिक रोजगारीलाई सुरक्षित र बढीभन्दा बढी प्रतिफलमुखी बनाउन सरकारको ध्यान केन्द्रित भएको उल्लेख गर्दै उहाँले नेपाली युवालाई सीपयुक्त बनाउन कोरिया सरकारको सहयोगको अपेक्षा गर्नुभयो । मन्त्री विष्टले भन्नुभयो, “उल्लेख्य मात्रामा जनशक्ति उत्पादन गर्न सीप केन्द्र स्थापना गर्न छलफल गरौँ ।”

सो अवसरमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क योङ सिकले कोरिया सरकारको आर्थिक तथा प्राविधिक सहायतामा थुप्रै आयोजना सञ्चालनमा भइरहेको बताउनुभयो । कोरिया सरकारले श्रम बजारमा नेपाली युवालाई प्राथमिकता दिएको उहाँको भनाइ थियो । अर्थशास्त्री विश्व पौडेलले कोरियाबाट फर्केका युवालाई कृषि, ऊर्जा, होटललगायत क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । 

दक्षिण कोरिया सरकारले सन् २००८ देखि नेपाली युवालाई कोरियाको श्रम बजारमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ । सन् २००७ मा नेपाली कामदारलाई कोरियामा रोजगारीका अवसर उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको थियो । 

हालसम्म दक्षिण कोरियामा ६३ हजार नेपालीले रोजगारीका अवसर प्राप्त गरेका छन् । कोरियाले रोजगार अनुमति प्रणालीमार्फत नेपाली युवालाई कोरिया लैजाँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट