Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा सरकारी धर्मशाला व्यक्तिको कब्जामा

२०७६, ८ श्रावण बुधबार ०६:१५

साउन ८, डोटी  | जिल्लामा भएको सयौँ सरकारी धर्मशाला पछिल्लो समय केही व्यक्तिले आफ्नो व्यक्तिगत प्रयोजनमा प्रयोग गरिरहेको पाइएको छ । यसरी सरकारी धर्मशाला वर्षौंदेखि व्यक्तिले प्रयोग गरिरहेको भए पनि सम्बन्धित निकायले कुनै पहल नचालेको स्थानीयको आरोप छ । त्यस्तै कतिपय धर्मशालाको उचित संरक्षण नहुँदा वर्षेनी भत्किने तथा जीर्ण बन्दै गएकोप्रति स्थानीयले दुखेसो पोख्ने गरेका छन् । 

यसै सिलसिलामा जिल्लाको दिपायल सिलगढी नगरपालिका–३ दिपायलस्थित पुलबजारमा रहेको राणाकालमा निर्माण भएको सरकारी धर्मशाला एक जना व्यक्तिले आफ्नो निजी आवासका रुपमा प्रयोग गरेको पाइएको छ । तत्कालीन समयमा गाउँबाट जिल्ला सदरमुकाम सिलगढी तथा क्षेत्रीय सदरमुकाम दिपायललगायतका ठाउँमा आवतजावत गर्ने नागरिकलाई बास बस्न सजिलो होस् भन्ने उद्देश्यले निर्माण गरिएको उक्त धर्मशाला वर्षौंदेखि घचेट्टा नामले चिनिने भारतीय नागरिकले आफ्नो निजी आवासका रुपमा प्रयोग गरेका छन् । 

उक्त धर्मशालालाई निज भारतीय नागरिक घचेट्टाले कोठाभित्रमा आफू बस्ने तथा कोठा बाहिरको चौरमा आफ्ना खच्चर बाध्ने गरेको दिपायल पिपल्लाका स्थानीय तेजबहादुर डुम्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, “घचेट्टाले धर्मशाला पूरै आफ्नो निजी आवास बनाएका छन् तर उनलाई हटाउन कसैले पनि प्रयास गरेको छैन ।”

उक्त धर्मशाला मात्र नभई जिल्लामा रहेको अधिकांश धर्मशाला केही व्यक्तिले प्रयोग गर्दैआएका छन् भने कोही प्रयोग तथा मर्मतसम्भार नहुँदा दिनहुँ भत्किँदै जीर्ण बन्न थालेका छन् । त्यस्तै जिल्लाको शिखर नगरपालिका–१ नापानी भन्ने ठाउँको पर्यटकीय क्षेत्रमा रहेको तत्कालीन राजा स्व वीरेन्द्र शाहको पालामा निर्माण भएको सिलेटले छाएको पक्की धर्मशालामा पनि निजी आवासजस्तै भएको छ । उक्त धर्मशालालाई त्यहाँका स्थानीय तथा लेकमा गोठ निर्माण गरेर बसेका भैँसी गोठालाले वर्षौंदेखि आफ्ना भँैसी बाध्ने काममा प्रयोग गर्दै आएको शिखर नगरपालिका–१ गुठेउडीका स्थानीय करन नेपालीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिले धर्मशालामा गाई गोरु बाँधेको र मान्छे सुतेको पैसा लिन्थे अहिले, व्यक्तिले निजी बनाएको छ, कसैले किन व्यक्तिगत बनाइस भनेर कुरा उठाएको छैन ।”उक्त धर्मशालाको बाटो हुँदै आवतजावत गर्ने नागरिकलाई बास बस्न सजिलो होस् भन्ने उद्देश्यले सरकारले केही थान खटिया तथा बेड विस्तारासमेत उपलब्ध गराएको थियो । 

उक्त सरकारी धर्मशालाको रेखदेखका लागि कर्मचारी खटाइए पनि पछिल्लो समय सरकारी क्षेत्रबाट कर्मचारी र चौकीदारका लागि रकम आउन छोडेपछि धर्मशाला लथालिङ्ग हुनुका साथै व्यक्तिले निजी आवास बनाउन थालेको स्थानीय करन ऐरले बताउनुभयो । उहाँले भन्नुभयो, “धर्मशाला रेखदेखदेखि मर्मतसम्भारका लागि सरकारबाट आउने रकम बन्द भयो, कर्मचारी पनि गए, अहिले व्यक्तिले निजी घरजस्तै बनाएका छन् ।” उता डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जिल्लामा भएका पाटीपौवा र धर्मशाला सार्वजनिक भएको तथा यसको संरक्षण गर्नु सबैको दायित्व भएकाले व्यक्तिगत रुपमा प्रयोग गर्न नहुने बताउनुभयो । 

जिल्लाभरिका सरकारी धर्मशाला, पाटीपौवा कति छन भन्ने एकिन तथ्याङ्क कुनै कार्यालयमा नभए पनि जिल्लाभरिमा कूल १०० भन्दा बढी यस्ता पुराना धर्मशाला, पाटीपौवा भएको हुनसक्ने जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले बताउनुभयो । 

उहाँले भन्नुभयो, “जिल्लाभरिमा कति वडा धर्मशाला, पाटीपौवा छन्, आधिकारी तथ्याङ्क छैन तर १०० भन्दा बढी नै छन्, कसैको पनि संरक्षण तथा मर्मतसम्भार गरिएको भने पाइँदैन ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै