२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाग्लुङमै थाइराइड परीक्षण शुरु

८ श्रावण २०७६, बुधबार ०६:१९

साउन ८, बाग्लुङ | थाइराइड जाँचको लागि रगतको नमूना पोखरा पठाउनुपर्ने बागलुङवासीको बाध्यता अब हटेको छ । धौलागिरि अञ्चल अस्पतालले मङ्गलबारदेखि थाइराइड परीक्षण तथा उपचार सेवा शुरु गरेको छ ।

थाइराइड सेवाको गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा र बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले संयुक्तरुपमा शुभारम्भ गर्नुभयो । बागलुङ नगरपालिका–४ कि विष्णु सापकोटाले प्रयोगशालाबाट पहिलो सेवा लिनुभएको थियो ।

सोही अवसरमा प्रदेशसभा सदस्य सापकोटालगायतको पनि थाइराइड परीक्षण गरिएको थियो । अत्याधुनिक उपकरण भित्र्याएर थाइराइड सेवा शुरु गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बी पोखरेलले बताउनुभयो ।

“ढिलै भए पनि थाइराइड सेवा शुरु गरेका छौँ”,उहाँले भन्नुभयो, “थाइराइड जाँचका लागि पोखरा धाउनुपर्ने, तीन-चार दिन कुर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।”

उहाँका अनुसार रगतको नमूना लिएको भोलिपल्ट परीक्षणको ‘रिर्पोट’आउनेछ । परीक्षणपछि थाइराइडको अवस्था हेरेर बिरामीको औषधि उपचार गरिने डा पोखरेलको भनाइ छ ।

सेवा शुभारम्भपछि अस्पतालले गुणस्तरीय सेवामा जोड दिनुपर्ने बागलुङ नगरपालिकाका प्रमुख पौडेलले बताउनुभयो । गण्डकी प्रदेशसभा सदस्य सापकोटाले अस्पतालमा पूर्वाधार, जनशक्ति र उपकरण चुस्त हुनुपर्ने धारणा राख्नुभयो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले व्यवस्थापकीय सुधारसँगै सेवाको गुणस्तर बढाइएको बताउनुभयो । मङ्गलबार नै अस्पतालमा स्थापना भएको स्तनपान कक्षको पनि शुभारम्भ गरिएको थियो ।अस्पतालमा आउने महिलालाई स्तनपानका लागि सहजता होस् भनेर छुट्टै कक्ष बनाइएको हो । कक्षमा एकैसाथ दश जना महिलाले आफ्ना शिशुलाई स्तनपान गराउन सक्नेछन् । अस्पताल, विमानस्थल लगायतका सार्वजनिक ठाउँमा स्तनपान कक्ष बनाउनुपर्ने सरकारी नीति छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै