२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्याराडाइज इन्टर्नेशनलको नाममा पोखरामा म्यानपावरको अबैध शाखा, कारवाही गर्ने विभागको भनाई

८ श्रावण २०७६, बुधबार ०९:१९

साउन ८,काठमाडौं । प्याराडाइज इन्टर्नेशनल प्रा. लिको नाममा पोखरामा अबैध शाखा संचालन भैरहेको पाइएको छ । पोखराको पृथ्वी चोक नजिक ठुलो होडिङ्ग वोर्ड नै राखेर अबैध रुपमा प्याराडाइजको शाखा संचालन गरिएको छ । 


म्यानपावर कम्पनीले शाखा कार्यालयको लागि बैदेशिक रोजगार विभागबाट स्वीकृति लिनुपर्ने प्रावधान छ । तर सोहि अनुरुप म्यानपावर कम्पनीले यसअघि विभागको पुर्व स्वीकृतिमा नै एजेन्ट सम्पर्क कार्यालय चलाए पनि हाल खारेज भइसकेको म्यानपावर कम्पनीले दावी गरेको छ।  शाह मुम्मदलाई एजेन्ट सम्पर्क कार्यालय संचालन गर्न अनुमति दिएको तर हाल खारेज भैसकेको म्यानपावरले बताए पनि अझै अबैध रुपमा नै चलिरहेको साझा सवालले स्थलगत रुपमा भेटेको छ ।

म्यानपावर कम्पनी केन्द्रीय कार्यालयबाट शाखा कार्यालय हटाइएको बारे एक दैनिक पत्रिकामा सूचना जारि गरेर विभागलाई समेत जानकारी दिएको म्यानपावरको केन्द्रिय कार्यालयका एक कर्मचारीले बताए । शाह मुम्मदले अबैध रुपमा संचालन गरिरहेको हुन सक्ने उनले दावी गरे ।

शाह मुम्मदलाई सझासबालले अबैध रुपमा शाखा संचालन गरेको बारे प्रश्न गर्दा उनले उनले झुट बोल्दै कार्यालय बन्द गरिसकेको दावी गरे । तर सोहि कार्यालयमा डिमाण्ड बारे बुझ्दा एक कर्मचारीले भनिन् 'यो प्याराडाइज म्यानपावर कम्पनीको शाखा हो तर अहिले डिमाण्ड छैन भदौ २० गतेपछि सम्पर्क गर्नुहोला ।' 

म्यानपावर कम्पनीले स्वीकृति बिना शाखा कार्यालय खोल्न नपाउने बैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाईले बताए । अबैध रुपमा शाखा कार्यालय संचालन गरिएको जानकारी आएमा म्यानपावर कम्पनीलाई आवश्यक कारवाही गरिने उनले बताए ।

विभागबाट स्वीकृति लिएका म्यानपावरका शाखा कार्यालयहरु 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य