२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

मृतक परिवारलाई प्रशासनको राहत, उत्तरगङ्गाले बगाउँदा एकको ज्यान गयो

९ श्रावण २०७६, बिहीबार ०३:४६

साउन ९, बागलुङ (रासस) | जिल्लाको गलकोट नगरपालिका–८ काँडेबासस्थित ज्यामिरेमा मङ्गलबार बिहान पहिरोले गोठ पुर्दा ज्यान गुमाएकी सीता गौतमको परिवारलाई जिल्ला प्रशासन कार्यालय बागलुङले रु एक  लाख राहत रकम बुधबार घरमै पुगेर हस्तान्तरण गरेको छ । 

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय बागलुङका नासु कृष्णप्रसाद शर्मा ढकालले मृतक गौतमका दाजु पिताम्बर गौतमलाई राहत रकम हस्तान्तरण गरेको हो । 

अविरल वर्षाका कारण पहिरोले गोठ पुर्दा भँैसी दुहुँदै गरेकी १७ वर्षीया सीता गौतमको मृत्यु भएको थियो । पहिरोले दुई भैँसी तथा एक बाख्रासमेत पुरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता प्रहरी नायब उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभयो । मृतक परिवारलाई गलकोट नगरपालिकाले क्रिया खर्चवापतको रु २० हजारसमेत उपलब्ध गराउने निर्णय गरेको गलकोट नगरपालिका–८ का वडाध्यक्ष रामप्रसाद कँडेलले बताउनुभयो । 

मृतकका पिता तोयनाथ गौतमको पहिले नै निधन भएकाले उनका दाजु पिताम्बर गौतमलाई राहत रकम हस्तान्तरण गरिएको हो । मृतकका तीन दिदीको विवाह भइसकेको र सीता भने अविवाहित रहेको वडाध्यक्ष कँडेलले बताउनुभयो । 

उत्तरगङ्गाले बगाउँदा मृत्यु

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका भएर बग्ने उत्तरगङ्गा  नदीले बगाउँदा एकको मृत्यु भएको छ भने एक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बुधबार दिउँसो ३ बजेको समयमा ढोरपाटन नगरपालिका–९ बस्ने नरबहादुर विक र सोही स्थानकै वर्ष २२ का सेते विक स्यालपाखेबाट नविगाउँ जान नदी तर्ने क्रममा उत्तरगङ्गाले दुवैलाई बगाएको थियो । 

नदीले बगाएकामध्ये नरबहादुरलाई मृतावस्थामा फेला पारेको र सेते हालसम्म बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिनुभयो । घटनाको खबर पाएलगत्तै प्रहरी चौकी ढोरपाटनको प्रहरी सहायक निरीक्षक शिवराज सुवेदीको संयोजनमा चार जनाको टोली, शत्रुमर्जन गुल्म ढोरपाटनका १५ सेनाको टोली र स्थानीयवासीले नदी वरपर खोजीकार्य गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै