साउन ९, काठमाडौं । प्याराडाइज इन्टर्नेशनल प्रा. लिको नाममा पोखरामा चलेको एजेन्ट प्रतिनिधि कार्यालय बन्द भएको छ । अबैध एजेन्ट प्रतिनिधि कार्यालय संचालन भैरहेको बारे साझा सबालाले समाचार प्रकाशन गरेपछि त्यसको लगत्तै उक्त शाखा बन्द गरिएको शाखा संचालक शाह मुम्मदले बताएका छन् ।

पोखराको पृथ्वी चोक नजिक ठुलो होडिङ्ग वोर्ड नै राखेर अबैध रुपमा प्याराडाइजको शाखाको रुपमा संचालन गरिएको बारे साझा सवालले बुधबार समाचार प्रकाशन गरेको थियो । सो लगत्तै म्यानपावर कम्पनीको होडिङ्ग वोर्ड झिकिएको र अबदेखि यस्तो कार्य नगर्ने शाखा संचालक मुम्मदले बताएका छन् ।
म्यानपावर कम्पनीले यसअघि विभागको पुर्व स्वीकृतिमा नै एजेन्ट सम्पर्क कार्यालय चलाए पनि हाल खारेज भइसकेको म्यानपावर कम्पनीले जानकारी दिएको थियो । शाह मुम्मदलाई एजेन्ट सम्पर्क कार्यालय संचालन गर्न अनुमति दिएको तर हाल खारेज भैसकेको उक्त कार्यालय संचालनमा आइरहेको बारे म्यानपावरको केन्द्रीय कार्यालयको ध्यानाकर्षण भएको जनाइएको छ । अबैध रुपमा शाखा चलाउने शाहलाई आवश्यक कारवाहीको लागि सिफारिश गरिएको भन्दै म्यानपावरले प्याराडाइजको कुनै शाखा र एजेन्ट नभएकोले कोहि कसैले त्यस्तो कार्य गरेमा जानकारी दिन आग्रह गरेको छ ।