2026-11-25 04:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारको रोजगारी त्यागेर योग चिन्तनमा भेटवाल

अशोक घिमिरे, साउन ९, काठमाडौँ  । व्यस्त दैनिकी, अस्वभाविक खानपिन तथा शारीरिक अभ्यास गर्न अल्छी गर्ने आम युवाको प्रवृत्ति बनेको छ । खाँदिएको जीवनशैलीका कारण विभिन्न प्रकारका रोग व्याधिले क्रमशः च्याप्दै लगेको बारे शायद कमैलाई मात्र थाहा होला । यस्ता प्रवृत्तिले नेपाली युवामा मात्र नभई विश्व समुदायलाई प्रभावित पारेको छ । 

दैनिक कार्यतालिका मिलाउन नसक्ने, सानोभन्दा सानो स्वास्थ्य समस्या देखिएपछि अस्पताल धाउन सहज मान्नेको सङ्ख्या पनि उत्तिकै छ । व्यस्त कार्यशैली, मानसिक तनाव, खानपानमा ध्यान दिन नसक्दा मानसिकरुपमा विक्षिप्त बन्नुपरेको पाइन्छ । कार्यालयमा सम्पादन गर्नुपर्ने कामका बारेमा कार्यालय समयपछि पनि चिन्ता लिनु, घर परिवारका बीचमा उल्लासपूर्ण वातावरण बनाउन नसक्नुलगायत कारणबाट मानसिकरुपमा ठूलो क्षति व्यहोर्नुपरेको छ । 

स्वदेश रहेकोभन्दा वैदेशिक रोजगारीमा गएका नेपालीमा झन् यस्ता समस्या व्यापकरुपमा देखिन्छ । कामको चाप तथा पारिवारिक बिछोडका कारण मानसिक तनावमा पर्ने र त्यसका कारण भौतिकरुपमा संसार छाड्नेसम्मका घटना भएको पाइन्छ । विदेशस्थित विभिन्न कम्पनी काम गर्ने नेपालीले तनाव व्यवस्थापन र कार्यतालिका अनुसारको जीवनयापन गर्न नसक्दा निकै ठूलो समस्या झेल्दै आएका छन् ।

झण्डै दुई दशकअघि वैदेशिक रोजगारीका क्रममा कतार पुग्नुभएका दीपक भेटवालको दैनिकी पनि निकै अस्तव्यस्त थियो । बिहानै उठ्ने बित्तिकै काम, खाने र सुत्नेको कुनै ठेगान थिएन, नेपालमा रहेका घर परिवारको चिन्तामा पनि यस्तैगरी उहाँको दैनिकी चल्दै थियो । मानसिक तनाव, अस्तव्यस्त जीवनशैलीका कारण विस्तारै मानसिक तथा शारीरिक समस्या देखिन थाल्यो । अस्पताल धाउने क्रम निकै समयसम्म चल्यो । दैनिक तीन÷चार टव््याबलेट औषधि खानुपर्ने अवस्था आइप¥यो ।

आधुनिक चिकित्सा विज्ञानले पत्ता लगाएका सम्पूर्ण चिकित्सकीय उपाय अवलम्बन गर्दा पनि समस्या ‘बीसको उन्नाइस’ भएन । चिकित्सा विज्ञानले सम्बोधन गर्न नसकेको स्वास्थ्य समस्या योग विज्ञानमार्फत समाधान हुन्छन् भन्नेबारेमा सामान्य जानकार भेटवालले त्यसपछि दैनिक योगाभ्यास शुरु गर्नुभयो । 

निरन्तरको योगाभ्यास, योग साधना, आध्यात्मिक चिन्तन र सात्विक भोजनका कारण उहाँले आफ्नो स्वास्थ्यमा निखार ल्याउनुभयो । रोजगारीका क्रममै भेटवालले कतारमा योग विज्ञानका बारेमा जानकारी हासिल गर्नुभयो । योगाभ्यासलाई निरन्तरता दिनुभयो र ‘ट्याब्लेट’को भरमा चलेको जिन्दगीलाई पुरानै अवस्थामा अवस्थामा फर्काउन सक्षम हुनुभयो । 

यही चमत्कारिक सुधारबाट हौसिनुभएका उहाँले कतारको रोजगारी त्यागेर सम्पूर्ण नेपाली नागरिकलाई शारिरिक र  मानसिकरुपमा स्वास्थ्य राख्ने उद्देश्यले नेपालमै योग स्कूलको सञ्चालन गर्ने सोच बनाउनुभयोे । सोही अनुसार भेटवालले योग विज्ञानको सिद्धान्तभित्र रहेर योगाभ्यास सिकाउन ‘नेपाल स्कूल अफ योग’ सञ्चालनमा ल्याउनुभएको हो । उक्त स्कूलको आज एक कार्यक्रमबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले उद्घाटन गर्नुभयो । 

अहिले पनि संसारभरका करीब एक अर्ब मानिस ‘हाइपरटेन्सन’को समस्याबाट ग्रस्त रहेको तथ्याङ्क भेटिन्छ । चिकित्सा विज्ञानका क्षेत्रमा अध्ययन अनुसन्धानका नाममा अर्बौं खर्च भएका छन् तर पनि सबै समस्याको पूर्ण समाधान हुन सकेका छैन । 

आफूलाई मानसिकरुपमा स्वस्थ्य राख्न योगाभ्यासमा लागेको स्मरण गर्दै भेटवालले चिकित्सा विज्ञानमा सम्भव नभएका समस्या योग विज्ञानका माध्यमबाट समाधान गर्न सकिने बताउनुभयो । विगत दुई वर्षदेखि उहाँ योग विज्ञानको अध्ययन अनुसन्धानमा सक्रिय हुँदै आउनुभएको छ  । “योग विज्ञान र दर्शनको अध्ययन गरेपछि मात्र मैले योग विज्ञानको महत्व बुझेको हो”, नेपाल फर्केर भृकुटीमण्डपस्थित बाल्मीकि विद्यापीठमा योग विषय अध्ययन गर्नुभएका उहाँले भन्नुभयो । 

योग, दर्शन र आध्यत्मिक विषयमा गहिरो चिन्तन गर्दै आउनुभएका उहाँले विश्वभरका मानिसमा मुख्यतः दुई प्रकारका समस्या रहेको बताउनुभयो । तनाव र मोटोपनबाट नै मुख्यरुपमा विश्वभरका मानिस प्रभावित भइरहेको उहाँको भनाइ थियो । चिकित्सा विज्ञानबाट सम्भव नभएका असाध्य रोग योगबाट नै समाधान हुनेमा उहाँ विश्वस्त हुनुभएका उहाँले भन्नुभयो, “मानिसको जीवन अनन्त संयोगको शृङ्खला हुँदो रहेछ ।”

भर्खरै योग स्कूल स्थापना गरी योग चेतना फैलाउन लागिपर्नुभएका उहाँले १० वर्षे दीर्घकालीन रणनीति अख्तियार गरेर अगाडि बढ्ने सोच बनाउनुभएको छ । दश वर्षमा १०० वटा शाखा विस्तार, एक हजार योग शिक्षक उत्पादन र ५०० वटा विद्यालयमा योग शिक्षा दिने आफ्नै महत्वकाङ्क्षी योजना उहाँकले  अगाडि सार्नुभएको हो । 

चिकित्सा विज्ञानको क्षेत्रमा राज्यले प्रशस्त लगानी गरे पनि योग तथा आयुर्वेद विज्ञानका क्षेत्रमा राज्यको आँखा नै नपुगेकाकाप्रति उहाँको गुनासो छ । “योग र आयुर्वेद पूर्वीय दर्शनमा आधारित भए पनि यसको महत्वका बारेमा थाहा पाउन नसक्नु विडम्बनायुक्त छ”, भेटवालले भन्नुभयो, “हाम्रो दर्शनका बारेमा पश्चिमाले अध्ययन अनुसन्धान गरेर फाइदा लिन थालिसके, हामी भर्खरै बुझ्दै छौँ ।”

पश्चिमा मुलुकले अहिले योग तथा आयुर्वेदमा लगानी बढाउँदै यसको अध्ययन अनुसन्धानमा ठूलो धनराशि खर्चन थालेका छन् । अहिले अमेरिकामा करीब छ हजार योग स्कूल र तीन करोड ५० लाखले दैनिक सक्रिय योगाभ्यास गर्ने गरेका छन् । स्कूलमा करीब ३० लाख लगानी गरिएको छ ।

योगाभ्यासको भूमिका महत्वपूर्ण : मन्त्री विष्ट

योग स्कूल उद्घाटनका क्रममा श्रममन्त्री गोकर्ण विष्टले सकारात्मक सोच र कल्याणकारी काम गर्ने बानीको विकास गर्न योगले सहयोग पु¥याउने उल्लेख गर्दै उहाँले आपराधिक मनोवृत्ति रोक्न पनि योगाभ्यासको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । 

अहिले पनि आफूले भ्याएसम्म योगाभ्यासलाई निरन्तरता दिँदै आएको र  योगाभ्यासले आत्मविश्वास पैदा गर्नाका साथै मन र शरीरलाई नियन्त्रण गर्ने भएकाले सरकारले योगविज्ञानलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । मन्त्री विष्टले विद्यालय तहका पाठ्यक्रममा योग विषयलाई समावेश गर्न शिक्षा मन्त्रालयले काम थालेको जानकारी दिनुभयो । 

नेपाल मेडिसिटी अस्पतालका न्यूरो सर्जन डा प्रकाश पौडेलले आफू चिकित्सा विज्ञानका क्षेत्रमा लागे पनि योगको महत्व र असाधारण फाइदा देखेर यसतर्फ लागेको बताउनुभयो । ललितपुरको थसिखेलमा रहेको सो स्कूलमा योगगुरु शिव बस्याल ‘प्रेमानन्द’ र गुरु एकराजले नियमित रुपमा योगाभ्यास गराउनुहुनेछ । स्कूलमा विभिन्न प्रकारका योगाभ्यास गराइने योगगुरु प्रेमानन्दले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता देउवालाई गगनको सुझाव : राजनीतिक अभिव्यक्तिको सीमा र मर्यादा कायम राख्नुस् स्थानीय तहमा राम्रो नतिजा आए देश फेरि क्रान्तितिर जान्छ : प्रचण्ड पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू, खाली हात जान्नँ : गगन थापा सभापति भएपछि केपी ओलीसँग पाँच पटक भेटिसकेको छु : गगन थापा एसईई आवेदन फाराम भर्ने म्याद १५ दिन थपियो, मंसिर २५ सम्म समय भेरी नदीमा भिडियो बनाउने क्रममा बगे नेपालगञ्जका दुई युवा, खोजी कार्य जारी बाँकेको मेलामा दुई पक्षबीच झडप, प्रहरीद्वारा ८ राउण्ड हवाई फायर; एक जना पक्राउ दुई मन्त्रीसँगको तस्बिर सेयर गर्दै बालेनले लेखे– ‘देश उँभो लाउने टोली’ धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु पाल्पामा दाउरा प्रहार गरी एक जनाको हत्या, आरोपित एक महिनापछि पक्राउ रूपान्तरणका नाममा एमाले विभाजित हुनु हुँदैन : महासचिव पोखरेल डिसेम्बर १६ मा बंगलादेश फर्किने शेख हसिनाको तयारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, सभापति गगन थापाले विशेष सम्बोधन गर्ने सुन र चाँदी दुवैको मूल्य बढ्यो, सुन दुई दिनमै ५ हजार ३०० रुपैयाँ महँगियो दिल्लीको होटलमा बन्धक बनाइएका तीन नेपालीको उद्धार भारत भ्रमण सकेर स्वदेश फर्किँदै प्रधानमन्त्री बालेन शाह बालेनको भारत भ्रमणप्रति राजेन्द्र लिङ्देनको टिप्पणी : ‘परम्परागत भ्रमणभन्दा फरक देखिएन’ भारतीय राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री बालेनको शिष्टाचार भेटवार्ता बालेनको भारत भ्रमणप्रति झलनाथ खनालको टिप्पणी : नयाँ उपलब्धि केही छैन, सामान्य भ्रमण मात्रै