Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सेतीनदीले बगाउँदा एक जना बेपत्ता

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>साउन ९, तनहुँ । </b>सेतीनदीले बगाउँदा तनहुँमा आज एक व्यक्ति बेपत्ता भएका छन् । यसरी बेपत्ता हुनेमा जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटार निवासी ६३ वर्षीय हीराबहादुर आलेले रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।&nbsp;</p><p>माछा मार्ने क्रममा आलेलाई नदीले बगाएपछि स्थानीय र प्रहरी टोलीद्वारा खोजीकार्य भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो । </p><p>घटनाको जानकारी पाएलगत्तै प्रहरी परिचालन गरिए पनि अहिलेसम्म फेला पर्न सकिएको छैन । </p><p>उहाँले भन्नुभयो, “वर्षायाम भएकाले नदीको बहाव पनि उत्तिकै बढेकाले खोजतलासको लागि कठिनाइ भएको छ ।”&nbsp;&nbsp;</p>