2026-07-08 05:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

अल्लोबाट उत्पादित कपडाको माग बढ्यो

2019-07-26

खेमराज गौतम |  साउन १०,  बागलुङ | बागलुङ जिल्लाकोे ताराखोला गाउँपालिकामा उत्पादन हुने अल्लोका कपडाको माग बढेपछि उद्यमीलाई भ्याइनभ्याइ भएको छ । गाउँघरमा पाइने चाल्ने सिस्नु (अल्लो) बाट यहाँका महिलाले कपडा, गलबन्दी, झोला, सुइटर, जुत्ता, भाङ्ग्रा बनाउँदै आएका छन् । 

ताराखोला गाउँपालिका–७ करिमेलामा स्वर्णिम साझा सुविधा केन्द्र स्थापना गरी थालिएको उद्योगमा अहिले ११ जना महिलाले काम गर्दै आएका छन् । घरेलु तथा साना उद्योग विकास समिति बागलुङबाट २०६३ सालमा तीन महीने तालीम लिएपछि यहाँका महिलाले अल्लोबाट कपडा उत्पादन गर्न थालेका थिए ।

ताराखोलाका अधिकांश क्षेत्रमा बढी मात्रामा पाइने अल्लोबाट नरम प्रकारको धागो उत्पादन गर्न सकिने भएपछि त्यसको प्रशोधन गरेर महिलाले आम्दानी गर्न थालेका हुन् । परम्परागत रुपमा पुर्खाले भाँगो, चाल्ने सिस्नुलगायतका वनस्पतिका लोक्ताबाट डोरी, नाम्ला तथा दाम्ला निर्माण गर्ने गरेकामा त्यसलाई कपडाको रुपमा विकास गरिँदै आएको उद्यमी महिलाहरु बताउँछन् । 

अल्लोका कपडा लगाउँदा एलर्जी, मुटुसम्बन्धी रोग, उच्च रक्तचापका रोगीलाई राम्रो फाइदा हुने भन्ने विभिन्न अनुसन्धानहरुबाट पुष्टि भएकाले यसको माग बढेको उद्यमी गङ्गा घर्तीमगरले बताउनुभयो । विगत छ वर्ष अल्लोको कडा उत्पादन गर्दै आउनुभएकी ४५ वर्षीया गङ्गा भन्नुहुन्छ, “बागलुङसँगै काठमाडौँ, पोखरालगायतका क्षेत्रबाट अल्लोका कपडा खोज्नका लागि आउने गरेका छन् ।”मागअनुसारका कपडा बनाउन नसकेको उहाँको भनाइ छ ।  

जङ्गलबाट सङ्कलन गरेर ल्याएको काँचो अल्लो खरीद गरेर समूहले त्यसलाई सुकाउने, खरानी पानीमा पकाउने, कुट्ने, सफा तरिकाले धुने, कमेरो लगाएर घाममा सुकाउने र सुकेको अल्लोबाट भुवा निकालेर बनाइएको धागोको प्रयोग गरी कपडा बनाइने गरिन्छ । 

उद्यमीहरुका अनुसार ६०-७० मिटरको तानमा बुनेको कपडालाई रु ३५ हजारसम्म बिक्री हुने गर्दछ । यस्तै हातले बुनेको झोला, गन्जी, भाङ्ग्रालाई रु तीन-तीन हजार, सललाई रु दुई हजारमा बेच्दै आएको उद्यमी मनकुमारी रोकाले बताउनुभयो । 

केही व्यक्तिले मन परेको कपडा भएमा मूल्य थप गरेर पनि दिने गरेका छन् । अल्लोको धागो निकाल्नका लागि गत वर्ष ताराखोला गउँपालिकाले रु सात लाख बराबरको उपकरण प्रदान गरेको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । धागो निकाल्नका लागि उपकरण आएपछि सहज भएको उद्यमीहरुको भनाइ रहेको छ । 

“हातले गर्दा कयौँ दिन लाग्थ्यो”, रोकाले भन्नुभयो, “उपकरणका सहायताबाट काम गर्दा लागत कम उत्पादन धेरै भएको छ ।” अहिले यस केन्द्रमा झण्डै ३०० मिटर कपडा बिक्रीका लागि तयार पारिएको छ । 

स्वर्णिम साझा सुविधा केन्द्रले अल्लोको कपडासँगै सिस्नोको पाउडरसमेत उत्पादन गर्दै आएको छ । स्थानीय तहले उद्यमीलाई आत्मनिर्भर गराउन निरन्तर सहयोग गर्नुपर्ने रोकाको भनाइ रहेको छ । “अहिले कपडाको माग ह्वात्तै बढेपछि अल्लोको धागोबाट कपडा बुन्न भ्याइनभ्याइ भएको छ”, रोकाले भन्नुभयो, “यस्तै माग बढेमा अल्लोको उत्पादनलाई  औद्योगीकरण गर्न आवश्यक देखिन्छ । ”

चाल्ने सिस्नुको लोक्ताबाट तयार पारिने कपडा मूलायम, तापक्रम अनुकूल, हलुङ्गो तथा देख्नलाई पनि राम्रो हुने भएकाले बजारको माग धेरै रहेको छ । जङ्गल, खोल्साखोल्सीलगायतका क्षेत्रमा उम्रिने मसिना काँडैकाँडा भएको वनस्पतिको लोत्ताबाट मूल्यवान् कपडा उत्पादन गर्ने परम्परागत उपायलाई व्यवसायीकरण गर्दै आम्दानी गर्न सफल भएको उद्यमीको भनाइ रहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले