2026-06-20 01:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

असारमा मात्रै ९५ म्यानपावर बिरुद्ध १४२ वटा उजुरी, कुन-कुन म्यानपावर मुछिए ? (सूचीसहित)

अनिल अधिकारी । साउन १०, काठमाडौँ । बैदेशिक रोजगारीको क्रममा ठगि गरेको, विदेश पुर्याई अलपत्र पारेको, समस्याग्रस्त कम्पनीमा पठाएको, तोकिएभन्दा बढी शुल्क लिएको लगायत बिभिन्न बिषयमा गत असार महिनामा मात्रै १४२ उजुरी परेका छन् । उजुरीमा ९५ वटा म्यानपावरहरुको नाम मुछिएका छन् । 

असार महिनामा मात्र सबैभन्दा बढी ९ वटा उजुरी एट्लास ओभरसिज इम्प्लोएमेन्टलाई परेको छ । जेठ महिनामा सबैभन्दा बढी ३१ वटा उजुरी बौद्धमा रहेको पर्पल एच.आर. सर्भिस प्रा.लि. लाई परेको थियो । यस्तै असार महिनामा मात्र ६ वटा उजुरी डुलस्को ह्युमन रिसोर्स म्यानपावर विरुद्ध परेको छ भने ६ वटै उजुरी सक्सेस डेभलपमेन्ट प्रा.लि. बिरुद्ध परेको छ । 

बैदेशिक रोजगार बिभागका अनुसार असार महिनामा मात्र उजुरीमा मुछिएका म्यानपावरको शंख्या ९५ पुगेको छ । जेठ महिनामा यो शंख्या ५८ मात्र रहेको थियो । 

बैदेशिक रोजगार बिभागको अनुसार यो आर्थिक वर्षभरीमा म्यानपावर कम्पनी बिरुद्ध मात्र १२६३ उजुरी परेको छ  भने व्यक्तिगत तर्फ बर्षभरीमा ७७६ उजुरी परेका छन् ।

बैदेशिक रोजगार बिभागको अनुसार यो आर्थिक वर्षभरीमा म्यानपावर कम्पनी बिरुद्ध मात्र कुल रु. २९ करोड ६३ लाख २० हजार ४३४ मागदावी गरिएको छ भने व्यक्तिगततर्फ ५३ करोड ६७ लाख २८ हजार ६८४ रुपयाँ मागदावी भएको छ  । 


यसरी हेर्दा संस्थागत भन्दा बढी व्यक्तिगत ठगिको रकम बढी रहेको बुझ्न सकिन्छ । माथिका दुई पाईचार्ट अनुसार म्यानपावर कम्पनीमा बढी उजुरी भएपनि व्यक्तिगत रुपमा ठुलो रकम ठगि भईरहेको देखिन्छ । त्यसो त संस्थागत दावीको रकम पिडितले फिर्ता पाउने सम्भावाना रहे पनि व्यक्तिगत ठगिमा दावी वापतको पैसा पाउन निकै मुस्किल हुनेगरेको छ । बैदेशिक रोजगारीको लागि युरोप, अमेरिका, जापान, अष्ट्रेलिया कामदार भिषामा लगाईदिने भन्दै व्यक्तिगत रुपमा ठगि हुने गरेका छन् ।  

असारमा मात्र म्यानपावर मार्फत ४ करोड ९४ लाख भन्दा बढीको ठगि भएको भन्दै मागदावी गरिएको छ । अघिल्लो ११ महिनाको मासिक तुलनामा असारमा मात्र मागवादी भएको रकम दोब्बरले बढेको छ । त्यस्तै व्यक्तिगत तर्फ असारमा ५५ उजुरी परेका छन् । व्यक्तिगततर्फ असारमा ५५ उजुरी पर्दा ठगि भएको रकम भने ४ करोड ३८ लाख ८८ हजार ५० रहेको छ । 

असार महिनामा उजुरी परेका ९५ म्यानपावरको सूची र उजुरी विवरण हेर्न तलको लिंकमा क्लिक गर्नुहोस 
>> http://sajhajobs.com/news/229 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ