2026-06-20 01:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रममन्त्री ज्यू , मन्त्रालयको ‘कल सेन्टर’को प्रगति विवरण लिन निवेदन नै दिनुपर्ने हो ?

साउन १०, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको कल सेन्टरको प्रगति विवरण सार्वजनिक गर्न आनाकानी गरिएको छ।  साझा सबाल मिडियाले पटक पटक कल सेन्टरबाट भएको मासिक कार्यको प्रगति विवरण उपलब्ध गराउन आग्रह गरेपनि विवरण उपलब्ध गराइएको छैन । 

श्रम मन्त्रालयको कल सेन्टरमा श्रमिकको जिज्ञासा, तर म्यानपावरले लियो १ लाख १० हजार

बैदेशिक रोजगार क्षेत्रका समस्या सुन्ने र समस्याहरुको तत्काल समाधानका लागि माताहतका निकायहरुलाई निर्देशन दिने उदेश्यले कल सेन्टर संचालनमा ल्याइएको थियो । श्रममन्त्री गोकर्ण विष्टले गत चैत्र १८ गते कल सेन्टरको उत्घाटन गर्दै श्रमिकका कुनै गुनासा जिज्ञासा भएका देश/विदेशबाट टिपाउन सक्ने र त्यसको समाधान गरिने बताएका थिए तर कल सेन्टर ४ महिनाको अवधिमा कति सुनासा संकलन गरिए र ति गुनासा मध्ये कति सुनुवाई भयो भनेर हालसम्म विवरण सार्वजनिक गरिएको छैन। 


फाइल तस्बिर : कल सेन्टरको उत्घाटन गर्दै पहिलो कलको जवाफ दिंदै श्रममन्त्री गोकर्ण विष्ट 

जिम्मेवारी कसको ?

साझा सवालले कल सेन्टरको विवरण कल सेन्टरमा खटिएका कर्मचारीसँग माग गरेको थियो तर कर्मचारीले हरेक महिनाको विवरण श्रम मन्त्रालयलाई नै दिने गरेकोले मन्त्रालयमा नै सम्पर्क गर्न आग्रह गरे । सो पश्च्यात श्रम मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी केशवराज सुवेदीसंग विवरण माग गर्दा मन्त्रालयले नभई बैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठसंग सम्पर्क गर्न भनियो।  कार्यकारी निर्देशक श्रेष्ठले कल सेन्टरलाई जानकारी दिने भन्दै मन्त्रालयबाट नै विवरण लिन अनुरोध गरे तर हालसम्म पनि विवरण प्राप्त हुन सकेन । मन्त्रालय माताहत निकायबाट नै सहयोग नभएकोबारे श्रममन्त्रीगोकर्ण विष्टका प्रेश संयोजक मदन खनालको ध्यानाकर्षण गराउंदा उनले समन्वय गरिदिने आश्वाशन दिएपनि विवरण प्राप्त हुन सकेन।

सार्वजनिक निकायले हरेक तीन/तीन महिनामा आफ्ना कार्यलयका प्रगति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था भए पनि कल सेन्टरको प्रगति विवरण सार्वजनिक गरिएको छैन । विवरण सार्वजनिक नगरिएको बारे श्रम मन्त्री गोकर्ण विष्टको ध्यानाकर्षण गराउन सम्पर्क गर्दा टेलिफोन सम्पर्क हुन सकेन। 

म्यानपावरले लागत भन्दा बढी रकम मागेमा ११४१ नम्बरमा तुरुन्त कल गर्नुस्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ