२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रममन्त्री ज्यू , मन्त्रालयको ‘कल सेन्टर’को प्रगति विवरण लिन निवेदन नै दिनुपर्ने हो ?

१० श्रावण २०७६, शुक्रबार ०९:०४

साउन १०, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको कल सेन्टरको प्रगति विवरण सार्वजनिक गर्न आनाकानी गरिएको छ।  साझा सबाल मिडियाले पटक पटक कल सेन्टरबाट भएको मासिक कार्यको प्रगति विवरण उपलब्ध गराउन आग्रह गरेपनि विवरण उपलब्ध गराइएको छैन । 

श्रम मन्त्रालयको कल सेन्टरमा श्रमिकको जिज्ञासा, तर म्यानपावरले लियो १ लाख १० हजार

बैदेशिक रोजगार क्षेत्रका समस्या सुन्ने र समस्याहरुको तत्काल समाधानका लागि माताहतका निकायहरुलाई निर्देशन दिने उदेश्यले कल सेन्टर संचालनमा ल्याइएको थियो । श्रममन्त्री गोकर्ण विष्टले गत चैत्र १८ गते कल सेन्टरको उत्घाटन गर्दै श्रमिकका कुनै गुनासा जिज्ञासा भएका देश/विदेशबाट टिपाउन सक्ने र त्यसको समाधान गरिने बताएका थिए तर कल सेन्टर ४ महिनाको अवधिमा कति सुनासा संकलन गरिए र ति गुनासा मध्ये कति सुनुवाई भयो भनेर हालसम्म विवरण सार्वजनिक गरिएको छैन। 


फाइल तस्बिर : कल सेन्टरको उत्घाटन गर्दै पहिलो कलको जवाफ दिंदै श्रममन्त्री गोकर्ण विष्ट 

जिम्मेवारी कसको ?

साझा सवालले कल सेन्टरको विवरण कल सेन्टरमा खटिएका कर्मचारीसँग माग गरेको थियो तर कर्मचारीले हरेक महिनाको विवरण श्रम मन्त्रालयलाई नै दिने गरेकोले मन्त्रालयमा नै सम्पर्क गर्न आग्रह गरे । सो पश्च्यात श्रम मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी केशवराज सुवेदीसंग विवरण माग गर्दा मन्त्रालयले नभई बैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठसंग सम्पर्क गर्न भनियो।  कार्यकारी निर्देशक श्रेष्ठले कल सेन्टरलाई जानकारी दिने भन्दै मन्त्रालयबाट नै विवरण लिन अनुरोध गरे तर हालसम्म पनि विवरण प्राप्त हुन सकेन । मन्त्रालय माताहत निकायबाट नै सहयोग नभएकोबारे श्रममन्त्रीगोकर्ण विष्टका प्रेश संयोजक मदन खनालको ध्यानाकर्षण गराउंदा उनले समन्वय गरिदिने आश्वाशन दिएपनि विवरण प्राप्त हुन सकेन।

सार्वजनिक निकायले हरेक तीन/तीन महिनामा आफ्ना कार्यलयका प्रगति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था भए पनि कल सेन्टरको प्रगति विवरण सार्वजनिक गरिएको छैन । विवरण सार्वजनिक नगरिएको बारे श्रम मन्त्री गोकर्ण विष्टको ध्यानाकर्षण गराउन सम्पर्क गर्दा टेलिफोन सम्पर्क हुन सकेन। 

म्यानपावरले लागत भन्दा बढी रकम मागेमा ११४१ नम्बरमा तुरुन्त कल गर्नुस्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु