साउन १०, बझाङ | बझाङमा सेती नदीमा हाम फाल्दा एक किशोरीको मृत्यु भएको छ | जिल्लाको छविस पाथीभरा गाँउपालीका २ वस्ने वुद्घीराम बि.क की छोरी आरती वि.क ले सेती नदीमा हाम फाल्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ ।
आरती बि .क जयपृथ्वी नगरपालीका वडा न ११ भोपुरमा आफ्नी फुपुको घरमा वस्दै आएकी थिइन् | शुक्रबार दिउसो तिर सेतीनदीमा हाम फाल्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
प्रहरीका अनुसार उनको आत्महत्याको कारणबारे अनुसन्धान भइरहेको र उनको पोष्टमार्टमा का लागी शव जिल्ला अस्पताल सिमखेतमा राखीएको छ |