Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नवलपुरको गैँडाकोटका एक वडाध्यक्षले बर्षभरीको तलब सामाजिक कार्यमा दिए

By साझासवाल 2 मिनेट पढाइ

<p><b>साउन ११, नवलपरासी |</b> नवलपरासीपूर्व नवलपुरको गैँडाकोट नगरपालिकाका एक वडाध्यक्षले आफ्नो तलब सामाजिक क्षेत्रमा सहयोग गर्नुभएको छ । गैँडाकोट नगरपालिका–१६ का वडाध्यक्ष गोवद्र्धन ज्ञवालीले आफूले एक वर्षमा तलबबापत प्राप्त गरेको रु एक लाख २० हजार विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्नुभएको हो ।&nbsp;<br></p><p>वडाध्यक्ष ज्ञवालीले गैँडाकोट–१७ स्थित अमर ज्योति माविलाई रु ४५ हजार बराबरको एक थान कम्प्युटर उपलब्ध गराउनुभएको छ । उहाँले अमरापुरी स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापनाका लागि रु ४० हजार सहयोग गर्नुभएको छ । सो बर्थिङ सेन्टरको आमा समूहकी अध्यक्ष लक्ष्मी सापकोटालाई उक्त रकम हस्तान्तरण गरिएको हो ।&nbsp;</p><p>जनताको करबाट सङ्कलन गरेको रकम जनताकै लागि खर्च गरेको ज्ञवालीले बताउनुभयो । गत वर्षको तलबसमेत आफूले विभिन्न सामाजिक कार्यमा नै खर्च गरेको उहाँले बताउनुभयो । आगामी दिनमा समेत आफूले प्राप्त गर्ने आफ्नो तलब सामाजिक कार्यमा खर्च गर्ने ज्ञवालीको भनाइ छ ।&nbsp; रासस&nbsp;</p>