१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रियसभाबाट प्रमाण विधेयक, २०७५ पारित

१२ श्रावण २०७६, आईतवार ०९:३६

साउन १२, काठमाडौँ  | राष्ट्रियसभा बैठकले ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५’पारित गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

यसअघि बैठकले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५ माथि सदनमा छलफल गरियोस्’भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

सुशासन समितिको प्रतिवेदन पेश

राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको सुशासनसम्बन्धी अध्ययन प्रतिवेदन बैठकमा पेश गरिएको छ । बैठकमा समिति सभापति तारादेवी भट्टले गत चैत १० असार १ गतेसम्म सातै प्रदेशमा गरिएको अध्ययन प्रतिवेदन पेश गर्नुभएको हो ।

प्रतिवेदन पेश गर्दै उहाँले सातै प्रदेशका विभिन्न स्थानमा दिगो विकास र सुशासनसम्बन्धी अन्तरक्रिया गरिएको बताउनुभयो । समितिले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भेरी बबई डाइभर्शन बहुउद्देश्यीय आयोजना र गोरखाको बारपाकको स्थलगत अध्ययन गरी आवश्यक सुझाव तयार गरेको उल्लेख गर्नुभयो । 

ध्यानाकर्षण प्रस्तावमाथि छलफल        

बैठकमा नेपाली काँग्रेसका सांसदहरु प्रकाश पन्थ, जितेन्द्रनारायण देव, बद्री पाण्डे र अनिता देवकोटाद्वारा संयुक्त रुपमा दर्ता गरिएको अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक सुरक्षासम्बन्धी ध्यानाकर्षण प्रस्ताव सभामा छलफल गरिएको थियो ।

छलफलमा भाग लिँदै सांसद प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा सम्बन्धमा बनेका कानून र भएका व्यवस्था प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । 

प्रस्तावबारे उठेका जिज्ञासामाथि प्रस्ट पार्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले अपाङ्गता भएका व्यक्तिलाई दिने मासिक भत्ता र सेवा सुविधा सहज रुपमा उपलब्ध गराउन तथा वृद्धि गर्न र अन्य सुविधा बढाउने बारेमा छलफल भइरहेको उल्लेख गर्नुभयो । यस सम्बन्धी थप कानूनको प्रबन्ध गर्नुका साथै भएका कानून परिमार्जनसमेत गरिने उहाँको भनाइ थियो । 

मन्त्री थापाले अपाङ्गता भएका व्यक्तिको हेरचाह गर्ने व्यक्तिलाई तालीमको व्यवस्था पनि गरेको र अपाङ्गता भएका व्यक्तिका परिवारलाई रोजगारसम्बन्धी तालीम दिन ठोस कार्यक्रम बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बाढी डुबान प्रभावित क्षेत्रको अध्ययनबारे जानकारी

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सबै दलबाट प्रतिनिधित्व हुने गरी सांसद भ्रमण टोलीले बाढी र डुबान प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरी तयार गरेको प्रतिवेदन जानकारी गराइएको थियो । 

अध्यक्ष तिमिल्सिनाले उद्धार, राहत र पुनस्र्थापनासम्बन्धी अल्पकालीन र दीर्घकालीन सुझाव समेटी तयार गरिएको प्रतिवेदनबारे बैठकमा जानकारी गराउनुभएको थियो । 

उहाँले प्रभावित क्षेत्रमा गर्नुपर्ने काम र सुझाव कार्यान्वयन गरी सो बारेमा सभामा जानकारी गराउन सरकारलाई निर्देशनसमेत दिनुभयो । टोलीले यही साउन ४ देखि ७ गतेसम्म प्रभावित १० जिल्लाका विभिन्न स्थानको स्थलगत भ्रमण गरी वस्तुस्थितिका बारेमा जानकारी लिएको थियो ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘खेलकूदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश गर्नुभएको थियो । राष्ट्रियसभाको अर्काे बैठक यही साउन १६ गते दिउँसो १ बजे बस्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी