2026-09-13 03:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

रोग लुकाउँछन् महिला

 साउन १३, डोटी  | समाजमा हुने लाजका कारण आङ अर्थात् पाठेघर खसेका महिला खुलेर अस्पतालमा उपचार गराउन आउन सकिरहेका छैनन् । समाजको लाजसँगै गरीबी र स्वास्थ्यसँग पहुँच नभएका कारण डोटीका अधिकांश पाठेघर खसेका महिला अझै रोग लुकाएर बस्न बाध्य भएका छन् । 

जिल्लामा पटकपटक पाठेघर खसेका महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भए पनि उनीहरु गाउँ समाजमा हुने लाजका कारण उपचार नगराई घरैमा बस्न थालेको जिल्ला अस्पताल डोटीका डाक्टर गिरिष अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “कैयाँैपटक पाठेघर खसेका महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा समाजको लाजका कारण आउनुभएन ।” 

जिल्ला अस्पताल डोटीका अनुसार जिल्लामा करीब चार दर्जन पाठेघर खसेका महिला छन् । पाठेघर खसेका बारेमा श्रीमान्लाई भन्दा अर्को विवाह गर्लाकी भन्ने डरले श्रीमान्लाई पनि यो रोगका बारेमा खासै नभन्ने गरेको जोरायल गाउँपालिका–६ निरौली स्थानीय भागरथी बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्ना श्रीमान्लाई भन्दा दोस्रो विवाह गर्ला भन्ने डरले नभन्ने गरेको बुझ्यौँ, श्रीमान्ले सहयोग गरे महिला उपचार गराउन आउने छन् ।” 

सन्तान पाएको हप्तादिनभित्रमै महिलाले गहुँङ्गो र कठिन कामकाज गर्ने तथा आराम नगर्ने परम्परा गाउँमा कायमै भएका कारण यहाँका महिलामा बढीजसो आङ खस्ने समस्या देखिएको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका डाक्टर ललित लिम्बूले बताउनुभयो । उहाँले भन्नुभयो, “नानीबाबु पाएका महिलाले धेरै आराम गर्नुपर्ने हो तर यहाँ त्यस्तो रहेनछ, भारी बोक्नेदेखि अन्य काम गर्दा रहेछन् त्यसैले यो समस्या आएको हो ।” 

डोटीलगायत समग्र सुदूरपश्चिमका महिलाले आफ्नो ज्यान नै जोखिममा राखेर पाठेघरको रोग लुकाउने गरेकाले पाठेघरको समस्याले विकराल रुप लिँदै गएको दिपायलका स्थानीय तुलसी शाहीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “ज्यान नै खतरमा राखेर महिला रोग लुकाउन थालेका छन्, आफ्नो रोग लुकाए कसरी निको होला र ?”पाठेघरको सहज, सरल र निःशुल्क उपचार हुन्छ भन्ने जान्दा जान्दै पनि समाजको डरका कारण सुदूरपश्चिमेली महिला वर्षौंदेखि पाठेघरको रोग लुकाउन बाध्य भएको सामुदायिक विकास मञ्च (सिडिएफ) डोटीका संस्थापक अध्यक्ष भक्तबहादुर सिंहले बताउनुभयो । 

उहाँले भन्नुभयो, “पाठेघरको शल्यक्रिया निःशुल्क हुन्छ, समाजको डरले किन आफ्नो ज्यान खेर फाल्ने, ज्यानभन्दा ठूलो केही छैन ।” पीडित महिलालाई शल्यक्रिया गराउन सके यो रोग हट्नसक्ने संस्थापक अध्यक्ष सिंहको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले