२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फाईल किनबेच नगर्न म्यानपावरलाई विभागको चेतावनी

२०७६, १४ श्रावण मंगलवार ०४:५२

साउन १४, काठमाडौं।  वैदेशिक रोजगार विभागले अर्को कम्पनीको फाईलमा श्रम स्वीकृति नलिन वैदेशिक रोजगार व्यवसायीहरुलाई चेतावनी दिएको छ। विभागले सोमबार वैदेशिक रोजगार व्यवसायीहरुका नाममा सूचना जारी गर्दै उक्त निर्देशन दिएको हो ।

विभागले श्रम स्वीकृति निकाल्दा रोजगारदाताको नामबाट पेश गर्ने अख्तियारनामा (पावर अफ एटर्नी) पुरै तीन वर्षको हुनुपर्ने जनाएको छ । विभागले भनेको छ "कूनै एक ईजाजतपत्र प्राप्त संस्थाले राहदानी र रकम बुझ्ने र अर्को म्यानपावर कम्पनीले श्रम स्वीकृति निकालेर कामदार विदेश पठाउँदा कामदार ठगिएको, वैदेशिक रोजगारमा गएका कामदारले करारमा उल्लेखित तलव तथा सेवा सुविधा नपाउने र श्रम स्वीकृति निकाल्ने म्यानपावर कम्पनीहरु एक आपसमा दोषरोपण गरेर उम्कन खोज्ने र  पीडित कामदारलाई क्षतिपूर्ति दिन आलटाल गरी अनावश्यक दुःख र हैरानी दिने गरेको पाइएको छ ।"

त्यसैगरी विभागले केही म्यानपावर कम्पनीहरु आफैले कामदार पठाउनुको सट्टा एजेन्ट बनेर काम गर्ने गरेको, म्यानपावर कम्पनीबीच कामदारको मागपत्र खरीद विक्रि हुने गरेको, विभागको कारवाहीमा परेर कारोबार रोक्का रहेका म्यानपावर कम्पनीहरुले अर्को कम्पनीमा फाईल पठाएर कामदार वैदेशिक रोजगारीमा पठाउने जस्ता विकृतीका रुपमा रहेको औल्याएको छ । 

विभागले यी म्यानपावर कम्पनीका कमजोरी औल्याई चेतावनी दिदै भनेको छ, ‘आगामी दिनमा यस किसिमका कुनैपनि कार्य कुनै पनि संस्था वा व्यक्तिबाट भएमा हदैसम्मको कानूनी कारवाही हुने छ ।’ 

विभागलाई वैदेशिक रोजगार ऐन २०६४ विरुद्ध काम गरे व्यवसायीलाई पहिलो पटक सचेत गराउने, दोश्रो पटक सोही कसुर दोहर्‍याएमा ५० हजार जरीवाना गर्ने र तेश्रो पटक पनि सोही गल्ती दोहर्‍याएमा सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभए एक लाख रुपैयाँ जरीवाना गरेर व्यवसायीको ईजाजत्र पत्र रद्द गर्ने सम्मको अधिकार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त