२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

चितुवाको आक्रमणबाट घाइते बालकलाई सहयोग

२०७६, १४ श्रावण मंगलवार ०७:०४

साउन १४, चितवन  | चितुवाको आक्रमणबाट घाइते भएका तनहुँको भानु नगरपालिका–२ ठूलो बगैँचाका छ वर्षीय बालक हेमराज सुनुवार राईको उपचारार्थ भानु नगरपालिकाले आर्थिक सहयोग गरेको छ । 

आइतबार राति शौचालय जाने क्रममा चितुवाको आक्रमणबाट घाइते भई चितवन मेडिकल कलेजमा उपचाररत बालकको उपचारमा सहयोग गर्ने उद्देश्यले नगरपालिकाले रु २५ हजार र वडा नं २ ले रु १० हजार गरी रु ३५ हजार आर्थिक सहयोग गरेको हो ।

भानु नगरपालिकाका प्रमुख उदयराज गौली, उपप्रमुख आशा थापा, वडाध्यक्ष अर्जुन केसीले उक्त रकम सोमबार अस्पतालमा नै पुगेर घाइतेका हजुरबुबा गोपीबहादुर सुनुवार राईलाई हस्तान्तरण गर्नुभएको छ । 

घाइते बालक मामाघरमा बसेर सोही वडाको होमराज लोहनी शारदा शिक्षा सदनमा कक्षा १ मा अध्ययन गर्छन् । घाइते बालकका आमा वैदेशिक रोजगारीमा सिलसिलामा विदेशमा हुनुहुन्छ भने बुबा बेपत्ता रहेको वडाध्यक्ष केसीले जानकारी दिनुभयो । 

“पीडित परिवारको आर्थिक अवस्था कमजोर रहेको र नगरवासीको पीडामा मलहम लगाउनु नगरपालिकाको उत्तरदायित्व हो”,वडाध्यक्ष केसीले भन्नुभयो, “हामीले गरेको सानो सहयोगले घाइतेको उपचारमा सहयोग पुग्ने अपेक्षा गरेका छाँै ।”

घाइते बालकको घाँटीको शल्यक्रिया गरिएको छ । घाइते बालकको आर्थिक अभावकै कारण उपचारमा कुनै समस्या नहुने अस्पतालको तर्फबाट प्रतिबद्धता आएको वडाध्यक्ष केसीले जानकारी दिनुभयो । चितुवाले बालबालिकामाथि आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित अवस्थामा छन् । 

चितुवाको आक्रमणबाट यहाँका बालबालिकाको मृत्यु भइसकेकाले चितुवाको नियन्त्रणका लागि विशेष उपाय अपनाउन प्रयास गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिनुभयो । चितुवाको आक्रमणबाट एक वर्षको अवधिमा भानु नगरपालिकामा दुई बालक र दुई बालिकाको मृत्यु भइसकेको छ । जिल्लामा गत वर्ष २४ वन्यजन्तु द्वन्द्वको घटना घटेको छ । जसमध्ये भानु नगरपालिकामा मात्रै १५  वन्यजन्तु द्वन्द्वको घटना छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो