2026-09-01 01:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

सङ्कटापन्न अवस्थामा रहेका नौ गोही मरे

साउन १४, चितवन  | गत आर्थिक वर्षमा नारायणी र राप्ती नदीमा तिहारी जालमा परेर नौ वटा घडीयाल गोही मरेका छन् । सङ्कटापन्न अवस्थामा रहेको गोही जालमा परेर मरेपछि संरक्षणमा थप चुनौती देखिएको छ । 

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार नौ वटा गोही तिहारी जालमा परेर मरेका थिए भने जालमा परेका १२ वटा गोहीलाई उद्धार गरिएको थियो । सात वटा राप्तीमा र दुई वटा नारायणी नदीमा जालमा परेर मरेका हुन । जसमध्ये एउटा ठूलो हो भने अन्य साना हुन । अघिल्लो आर्थिक वर्षमा तिहारी जालमा परेर एउटा मात्र भाले गोही मरेको थियो । 

निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार अघिल्लो आर्थिक वर्षको जेठ महीनामा नारायणी नदीमा जालमा परेर एउटा भाले गोही मरेको थियो । सो आर्थिक वर्षमा त्यही एउटा गोही मरेको भए पनि गत वर्ष धेरै गोही जालमा परेर मरेको हो । 

लुकिछिपी माछा मार्न जाल हान्नेले भलिबलको नेट जत्रो तिहारीजाल नदीमा माछा मार्न प्रयोग गर्ने गर्छन् । माछा र साना गोहीलाई तिनै मानिसले तानेर मार्ने वा छोड्ने गर्दछन् भने ठूला गोहीले जाल तानेर लैजाने गर्दछ । त्यही जालमा गोही बेरिने, मुखमा अड्किने गरेर खान नपाई गोही मर्ने गरेको खड्काको भनाइ छ । 

मानव सृष्टिभन्दा पहिले पृथ्वीमा आएको गोहीको पहिलो आहारा माछा हुने भए पनि पहिलो आहारा दूध भएको मानिसको अतिक्रमणका कारण गोही प्रभावित भएको खड्काको भनाइ छ । निकुञ्जले १०० हाराहारी निकुञ्जमा आश्रित जनतालाई हाते जाल प्रयोग गर्न लाइसेन्स दिएको भए पनि लुकिछिपी माछा मार्न तिहारी जाल हान्नेका कारण गोही मर्ने गरेका छन् । हाल दुई नदीमा गरी तीन वटा मात्र भाले गोही रहेको छ । 

अघिल्लो वर्ष एउटा भाले गोही मरेपछि बर्दियाबाट ल्याइएको थियो । प्रजनन केन्द्रमा हुर्काएर विभिन्न नदीमा हालसम्म एक हजार ४६५ वटा गोही छाडी सकिएको छ । जसमध्ये राप्तीमा मात्र ७८५ गोही छाडिएको छ । 

निकुञ्जका अनुसार नारायणी नदीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबहीमा ११० वटा गोही छोडिसकिएको छ । नदीमा गोही छोड्दै गए पनि सङ्ख्या बढ्दै जान भने सकेको छैन । पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन् । 

सन् १९७८ मा प्रजनन् केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छोड्न थालिएको हो । नदी प्रदूषण बन्दै जाँदा सङ्कटापन्न अवस्थामा रहेको घडियाल संरक्षणमा चुनौती थपिँदै गएको छ । हरेक वर्ष यी दुई नदी किनारबाट गोहीको अण्डा सङ्कलन गरी प्रजनन् केन्द्रमा कोरलेर हुर्काउने गरिन्छ । हाल प्रजनन् केन्द्रमा साना बच्चाबाहेक ४६७ वटा गोही रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला