२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

सङ्कटापन्न अवस्थामा रहेका नौ गोही मरे

१४ श्रावण २०७६, मंगलवार ०७:१०

साउन १४, चितवन  | गत आर्थिक वर्षमा नारायणी र राप्ती नदीमा तिहारी जालमा परेर नौ वटा घडीयाल गोही मरेका छन् । सङ्कटापन्न अवस्थामा रहेको गोही जालमा परेर मरेपछि संरक्षणमा थप चुनौती देखिएको छ । 

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार नौ वटा गोही तिहारी जालमा परेर मरेका थिए भने जालमा परेका १२ वटा गोहीलाई उद्धार गरिएको थियो । सात वटा राप्तीमा र दुई वटा नारायणी नदीमा जालमा परेर मरेका हुन । जसमध्ये एउटा ठूलो हो भने अन्य साना हुन । अघिल्लो आर्थिक वर्षमा तिहारी जालमा परेर एउटा मात्र भाले गोही मरेको थियो । 

निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार अघिल्लो आर्थिक वर्षको जेठ महीनामा नारायणी नदीमा जालमा परेर एउटा भाले गोही मरेको थियो । सो आर्थिक वर्षमा त्यही एउटा गोही मरेको भए पनि गत वर्ष धेरै गोही जालमा परेर मरेको हो । 

लुकिछिपी माछा मार्न जाल हान्नेले भलिबलको नेट जत्रो तिहारीजाल नदीमा माछा मार्न प्रयोग गर्ने गर्छन् । माछा र साना गोहीलाई तिनै मानिसले तानेर मार्ने वा छोड्ने गर्दछन् भने ठूला गोहीले जाल तानेर लैजाने गर्दछ । त्यही जालमा गोही बेरिने, मुखमा अड्किने गरेर खान नपाई गोही मर्ने गरेको खड्काको भनाइ छ । 

मानव सृष्टिभन्दा पहिले पृथ्वीमा आएको गोहीको पहिलो आहारा माछा हुने भए पनि पहिलो आहारा दूध भएको मानिसको अतिक्रमणका कारण गोही प्रभावित भएको खड्काको भनाइ छ । निकुञ्जले १०० हाराहारी निकुञ्जमा आश्रित जनतालाई हाते जाल प्रयोग गर्न लाइसेन्स दिएको भए पनि लुकिछिपी माछा मार्न तिहारी जाल हान्नेका कारण गोही मर्ने गरेका छन् । हाल दुई नदीमा गरी तीन वटा मात्र भाले गोही रहेको छ । 

अघिल्लो वर्ष एउटा भाले गोही मरेपछि बर्दियाबाट ल्याइएको थियो । प्रजनन केन्द्रमा हुर्काएर विभिन्न नदीमा हालसम्म एक हजार ४६५ वटा गोही छाडी सकिएको छ । जसमध्ये राप्तीमा मात्र ७८५ गोही छाडिएको छ । 

निकुञ्जका अनुसार नारायणी नदीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबहीमा ११० वटा गोही छोडिसकिएको छ । नदीमा गोही छोड्दै गए पनि सङ्ख्या बढ्दै जान भने सकेको छैन । पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन् । 

सन् १९७८ मा प्रजनन् केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छोड्न थालिएको हो । नदी प्रदूषण बन्दै जाँदा सङ्कटापन्न अवस्थामा रहेको घडियाल संरक्षणमा चुनौती थपिँदै गएको छ । हरेक वर्ष यी दुई नदी किनारबाट गोहीको अण्डा सङ्कलन गरी प्रजनन् केन्द्रमा कोरलेर हुर्काउने गरिन्छ । हाल प्रजनन् केन्द्रमा साना बच्चाबाहेक ४६७ वटा गोही रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो