2026-10-15 05:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले रसुवा बाढी तथा पहिरोपीडितको राहत तथा पुनःस्थापनाका लागि सञ्चालन गरेको सहयोग अभियानबाट संकलित १ करोड ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेको छ ।

संघका अनुसार राहत अभियानमा हालसम्म ५२० भन्दा बढी वैदेशिक रोजगार व्यवसायी, संस्था, शाखा तथा विदेशी साझेदार संस्थाहरूको सहभागिता रहेको छ । सहयोग प्राप्त हुने क्रम अझै जारी रहेको संघले जनाएको छ ।

संकलित रकम संघका अध्यक्ष डिक बहादुर खत्रीको नेतृत्वमा कार्यसमितिका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूको उपस्थितिमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको छ । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भई विपद् प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा उपयोग हुने संघको विश्वास छ ।

रकम हस्तान्तरण कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार तथा विभिन्न घटक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

मानवीय सेवासँगै वैदेशिक रोजगार व्यवसायी क्षेत्रको सामाजिक उत्तरदायित्वलाई थप सुदृढ बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको संघले जनाएको छ। विपद्को समयमा व्यवसायीहरूले देखाएको एकता, सद्भाव तथा उदार सहयोगले वैदेशिक रोजगार व्यवसायी समुदायको सामाजिक भूमिकालाई थप उचाइ दिएको संघको भनाइ छ।

संघले अभियानअन्तर्गत संकलित सहयोग रकमको प्रयोग तथा आगामी राहतसम्बन्धी गतिविधिमा पारदर्शिता, जवाफदेहिता र संस्थागत निर्णय प्रक्रियालाई प्राथमिकता दिने जनाएको छ। अभियानमा सहयोग गर्ने व्यवसायी, संस्था, शाखा तथा विदेशी संस्थाहरूको योगदानको अभिलेख राखी त्यससम्बन्धी विवरण व्यवसायीहरूलाई समेत जानकारी गराइने संघले स्पष्ट पारेको छ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले राहत अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यवसायी, संस्था, शाखा, विदेशी साझेदार संस्था तथा सहयोगीहरूलाई धन्यवाद दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने