२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिका र चीन व्यापार वार्ता शाङ्घाईमा शुरु

१५ श्रावण २०७६, बुधबार ११:०४

साउन १५,  (रासस-एएफपी) | एक वर्षदेखि जारी अमेरिका–चीन “व्यापार युद्ध”को अन्त्यको उपाय निकाल्न चिनियाँ र अमेरिकी व्यापार मध्यस्थकर्ताहरुको वार्ता शाङ्घाईमा बुधबार पुनः शुरु भएको छ ।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नुभएका पछिल्ला ट्वीटले वार्तालाई नै ओझेलमा पारेको छ । व्यापारमा समस्या देखिएको भन्दै अमेरिका र चीनले एकअर्काका करिब तीन खर्ब ६० अर्ब डलर बराबरका सामानमा करवृद्धि गरेका छन् । अमेरिकाले चिनियाँ सामानको निर्वाध र खुकुलो प्रवेशका कारण व्यापार असन्तुलन चरम अवस्थामा पुगेको तथा अमेरिकी प्रविधि चीनले चोरी गरेको आरोप लगाउँदै आएको छ ।

यतिखेर अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र अर्थमन्त्री स्टिभेन मन्चिन शाङ्घाईमा हुनुहुन्छ । चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँका उपप्रधानमन्त्री लिउ हे ले गर्नुभएको छ । दुबै टोलीले बुधबार बिहान एकअर्कासँग हात मिलाएर वार्तामा बस्नु भएको थियो । अमेरिकी अधिकारीहरु वार्ताका लागि मंगलबार नै शाङ्घाई पुग्नुभएको थियो । 

यहीबीच, अमेरिकी राष्ट्रपतिले ट्वीट गर्दै व्यापार वार्ताप्रति चीन त्यति गम्भीर नरहेको आरोप लगाउनुभएको छ । उहाँले भन्नुभएको छ –मेरो टोलीले अहिले चिनियाँ पक्षसँग वार्ता गरिरहेको छ, तर चिनियाँहरु आफूलाई लाभ हुने कुरामा मात्र ध्यान दिइरहेका छन् । यस्तो सम्झौता हाम्रा लागि कुनै महत्वको होइन ।

चीन सरकारले अमेरिकी कृषिजन्य उत्पादन खरिद गर्ने प्रतिबद्धता जनाएको तर महिनौंदेखि कतिपय सामान नकिनेको अमेरिकी आरोप छ । ट्रम्पले भन्नुभयो –चीनसँगको समस्या नै यही हो, उनीहरु इमान्दार हुन सकेनन् ।विज्ञहरुले राष्ट्रपति ट्रम्पका पछिल्ला ट्वीटले पहिल्यैदेखि तनाबमा रहेको व्यापार वार्तालाई सहजीकरण गर्न सहयोग नगर्ने बताएका छन् ।

शाङ्घाई बैठक प्रारम्भ हुनु अघिल्लो दिनमात्र अमेरिकी राष्ट्रपति ट्रम्पले विश्व व्यापार संगठनमा चीनले पाइरहेको विकासशील मुलुकको दर्जा हटाउने चेतावनी दिनुभएको थियो । अमेरिकी उक्त भनाईलाई चीनले “अमेरिकी अहङ्कार” भन्दै प्रतिवाद गरिसकेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य