२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा वर्षाले घर भत्किँदा पालमुनि बास

२०७६, १५ श्रावण बुधबार ११:१५

साउन १५, डोटी  | लगातारको वर्षात्का कारण जिल्लाको सायल गाउँपालिका–६ रोकाया नारामा एक स्थानीयवासीको घर भत्किएको छ । प्रहरी चौकी डौडले दिएको जानकारीअनुसार लगातार वर्षा हुँदा स्थानीय दिलबहादुर पार्कीको एकतले घर भत्किएको हो ।

वर्षात्का कारण घर भत्किएपछि दिलबहादुर पार्कीको परिवार अहिले बिचल्लीमा परेको छ । घर भत्किएपछि उहाँको नौ जनाको परिवार पाल टाँगेर बस्न बाध्य भएको छ । साउन महीनाको झरीमा घर भत्किएका पार्कीलाई कुनै पनि निकायबाट अहिलेसम्म कुनै राहत उपलब्ध नभएको स्थानीयवासी बताउँछन् ।

घर भत्किँदा करीब रु तीन लाखको धनमालको क्षति भएको दिलबहादुरका भाइ बाले पार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “बाहिर लगातार झरी परिरहेको छ, घर भत्कियो कहाँ गएर बस्ने बिचल्लीमा छौँ ।”घर भत्किएसँगै उहाँको एक पशुसमेत घरभित्रै परी मरेको छ । 

प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले घर भत्किएर बिचल्ली भएको विषयमा लिखितरूपमा निवेदन नआएको बताउनुभयो । उहाँले भन्नुभयो, “घर भत्किएको विषयमा लिखित निवेदन आए हामी जिल्ला प्रशासनबाट प्रदान हुने राहत तत्कालै प्रदान गर्नेछौँ ।”डोटीमा करीब चार दिनदेखि लगातार वर्षा भइरहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु